विदेश

ब्राजिलको कारागारमा कैदीबन्दी र प्रहरीबीच मुठभेड, २० जनाको मृत्यु

ब्राजिलको कारागारमा कैदीबन्दी र प्रहरीबीच मुठभेड,  २० जनाको मृत्यु

ब्राजिल । ब्राजिलको एक कारागारमा हिंसा भड्किदा २० जनाको मृत्यु भएको छ । सान्टा इजाबेल बन्दीगृहबाट भाग्ने प्रयासमा कैदीबन्दी र प्रहरीबीच भएको मुठभेडमा २० जनाको मृत्यु भएको हो।

 

उत्तरी शहर बेलेमस्थित बन्दीगृहमा भड्किएको हिंसामा परी १ सुरक्षा गार्डसहित २० जना कैदीबन्दीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीसीले उल्लेख गरेको छ।

 

घतटनामा ४ जना सुरक्षाकर्मी घाइते छन् ।  कैदीबन्दीलाई जेलबाट भाग्न सघाउने हतियारधारी समूहले बन्दीगृहभित्र र बाहिर विष्फोटक पदार्थ समेत प्रयोग गरेका थिए।

 

कमजोर सुरक्षा व्यवस्थाका कारण ब्राजिलमा हरेक बर्ष बन्दीगृहबाट कैदीबन्दी भाग्ने क्रम बढ्दो छ। गतबर्ष पनि मानुस शहरस्थित एक बन्दीगृहबाट भाग्ने प्रयासमा भड्किएको हिंसामा ५६ जनाको मृत्यु भएको थियो।
 

ब्राजिल कैदीबन्दी प्रहरी मुठभेड

विशेष