विदेश

रहस्यमयी मुलुक, जससँग अमेरिका सधैँ सशंकित छ

रहस्यमयी मुलुक, जससँग अमेरिका सधैँ सशंकित छ

‘डेमोक्रेटिक पिपल्स रिपब्लिक अफ कोरिया’ जसलाई उत्तर कोरियाको नामले चिनिन्छ । पछिल्लो वर्ष अर्थात् सन् २०१७ मा मात्रै चार हजार विदेशी पर्यटकको प्रवेश भयो । अघिल्ला वर्षभन्दा सन् १७ मा पर्यटकको संख्यामा नाटकीय कमी आएको छ । अमेरिका र उत्तर कोरियाबीचको जारी तनावका कारण विदेशी पर्यटक उत्तरमा जान डराएका हुन् ।

 

उत्तरलाई एउटा गुपचुप र अध्यारोमा हराएको देशका रुपमा चित्रण गरिन्छ । त्यसो हो भने संसारका बाँकी अरु देशभन्दा कोरिया के कारणले अलग छ ? त्यहाँ जाने पर्यटकको अनुभव कस्तो होला ? त्यस्तै कोरियाको रहस्य के हो र कति छ ?

 

एक अमेरिक पत्रकार, जो कोरियाको विषयमा आफ्नो पत्रकारिता कर्म गर्दै आइरहेका थिए, उनले सन् २०१६ मा आफू कोरियाका भ्रमणका क्रममा संगालेका यादहरुलाई साझा गरेका छन् । उनले उत्तर कोरियाको एक मात्र अन्तर्राष्ट्रिय एअर कोरियाबाट यात्रा गरेको पनि उनले अनभुव साटेका छन् । उनले विमानको अनुभव यसरी सुनाएः

 

‘विमानको सानो स्क्रीनमा लगातार मोरानबोंग व्याडकी युवतीहरुको पर्फमेन्स मात्रै देखिइएको थियो ।

 

उक्त व्याण्डमा केवल युवती मात्रै हुन्छन् । ती युवतीहरुको चयन त्यहाँका शासकले गर्छन् । सबै गीतहरु वैचारिक रुपमा धेरै बोझिला थिए । गीतहरुमो उत्तर कोरियाका शासकहरुको प्रसंसा गरिन्छ । यसको मतलव उत्तर कोरियाको जमिनमा पहिलो पाइला राख्नु पूर्व यहाँका शासकहरुको प्रचार तन्त्रको सामना गर्नुपर्छ ।

 

विमान ल्याण्ड गरेपछि यात्रीहरुको सामानको चेक जाँच गरिन्छ । कोरिया जाँदा बाइबल, अन्य धर्मका धर्मग्रन्थ, म्यागजिन लगायतका सामग्री लिएर जान निषेध गरिएको छ । पर्यटक विमानस्थलको चमक देखर हैरान हुन्छन् । ‘विमानस्थलको चारै तर्फ चमकधमक थियो ।’ ती पत्रकारले भने, ‘सबै सामानहरु एकदैम व्यवस्थित तरीकाले उचित स्थानमा राखिएका थिए ।’

 

स्थल मार्गबाट उत्तर कोरिया गएकाहरुको अनुभव केही फरक छ । २००४ मा एक समूह स्थल मार्ग हुँदै उत्तर कोरिया पुगेको थियो । उक्त समूहका अुनसार पहिलो नजरमै उत्तर कोरिया विल्कुलै अलग देखिएको थियो । होटेलमा बस्नका लागि कागजात पेस गर्न भने निकै गाह्रो छ । होटेलमा बसेका पर्यटकका अनुसार त्यहाँका होटेलमा बस्नु कुनै चिडियाघरमा राखिएको जनावरको जस्तै अवस्था हुने उनीहरुको अनुभव थियो ।

 

पर्यटकहरुले आफ्नो विगत सम्झिँदै बताए, ‘हामीहरु ट्रेनबाट उत्तर कोरिया गएको सीमा क्षेत्रको एक सहरमा उत्रिएका थियौँ । होटेलको गेटबाट र बालकोनीबाट बाहिर नियाल्दा त्यहाँ देखिएको दृष्य अतितमा भए जस्तो लाग्थ्यो । हामी त्यहाँका मानिसहरुसँग बोल्ने प्रयास गर्यौँ तर हामी हैरान भयौँ । उनीहरु आँखा पनि मिल्उँदैनन् र उनीहरुले आफू उक्त स्थानमै नभएजस्तो वहाना गर्दछन् ।’

 

अर्का पर्यटकले आफ्नो अनुभव बताउँदै भने, ‘त्यहाँ पूरै सुनसान थियो, ट्राफिक थिएन, मानिहरु सबै ठाउँमा हिँडिरहेका भेटिन्थे । उनीहरु हिँडेको अद्भूत आवाज आउँथ्यो । सडकमा हिँड्ने सबैले कपडाका जुत्ता लगाएका थिए, अद्भूत आवाज आउनुको कारण यो पनि हुनसक्छ ।’

 

राजाधानी प्योङयाङको प्रिमियर होटेल

तायेदोङ नदीको याङग्गक द्वीपमा रहेको याङग्गकको एक अन्तर्राष्ट्रिय होटेल हो । यो विश्वस्तीरय होटेल राजधानी प्योङयाङको सबैभन्दा सानदार होटेल मानिन्छ ।

 

उत्तर कोरियामा आएका धेरै पर्यटक यही होटेलमा रात बिताउन चाहन्छन् । यस होटेलको उचाइ १ सय ७० मिटर छ । यसको ४७ तलामा एउटा रेस्टुरेन्ट पनि छ । उत्तर कोरियामा यस्तो भब्य होटेल देखेर आगन्तुकहरु दंग पर्छन् ।

 

तर, यो होटेलको भब्यता र त्यहाँका आम नागरिकको दैनिकीमा भने धेरै अन्तर छ । यो होटेल पश्चिमी देशमा उत्तर कोरियाको बारेमा सकारात्मक सन्देश दिन त्यहाँका शासक वर्गले गरेको एउटा कोशिस मात्र हो ।

 

एक पर्यटकले बिजुली चरम अभावको बारेमा याद गर्दै भने, ‘त्यत्रो भब्य होटेलमा केवल एउटा मात्रै लिफ्ट काम गर्छ । धेरै समय लाइट बल्वहरु बन्द नै रहन्छन् र सबै ठाउँ अध्यारो नै हुन्छ । मेरो कोठाको लाइट पनि धेरै मधुरो थियो । हामीहरु ‘हेड ट्रर्चले’ काम चलाएका थियौँ । होटेलको उचाइबाट हेर्दा पूरै शहरमा अध्यारोको साम्राज्य फैलिएको जस्तै देखिन्थ्यो । सायदै सडक बत्ती थिए । ट्राफिकको नाम निसान थिएन । सहरमा पूरै सन्नाटा छाएको थियो ।’

 

उत्तर कोरियामा आएका विदेशी पर्यटकले कडा दिशा–निर्देशनको पालना गर्नुपर्छ । कोही पर्यटकलाई पनि गाइडविना होटेलबाट बाहिर जान अनुमाती दिइँदैन । यस्तो अवस्थामा साँझको समयमा टेलिभिजन हेर्नु भन्दा अर्काे विकल्प छैन ।

 

उत्तर कोरियाको एक मात्रै टेलिभिजन स्टेशन छ, जसमा तीन प्रकारका कार्यक्रम प्रसारित हुन्छन् । पहिलो कार्यक्रममा ग्रामीण क्षेत्रको सुन्दरता । यसमा पहाडी दृष्य, झरना र फूललगायत देखाइन्छ । दोस्रो प्रकारको कार्यक्रम देशका महान् नेताका विषयमा हुन्छन् । यस्ता कार्यक्रमको प्राथमिकतामा यहाँका महान् नेता र शासक हुन्छन् । तेस्रो प्रकारको कार्यक्रम भने नेताहरुको कामका बारेमा हुने गर्छन् ।

 

उत्तर कोरियामा गएका पर्यटक किम इल–सुङ र किम जोङ इलको विशाल स्मारकबाट अन्जान रहन सक्दैनन् । उनीहरुको यात्राको सुरुवात नै यिनै स्मारकबाट हुन्छ । राजधानी प्योङयाङ उत्तर कोरियाली जनताका लागि तीर्थस्थल जस्तै हो । यहाँ आउने पर्यटकहरुलाई पनि सबैभन्दा पहिला यिनै मुर्ती देखाइन्छ । यदी कोही स्मारकको नजिक जान इन्कार गर्दछ उसलाई ठूलो अपराधी मानिन्छ । मानिसहरु स्मारकमा फूल अर्पित गर्दै श्रद्धाञ्जली दिन्छन् । पर्यटकहरुलाई चुपचाप बस्ने आदेश दिइन्छ ।

 

लेखक एवम् ब्रोडकास्ट टोन प्लेट्सले उत्तर कोरियाको भ्रमणपछि उनले भने, ‘निश्चित रुपमा किम इल सुङ उत्तरको कोरियाको मध्यभागमा छन् । उनको मूर्ती ६० मिटर अग्लो छ र विहानको सूर्योदयको समयमा सो मूर्तीबाट गजवको चमक आउँछ ।’

 

प्योङयाङमा एउटा अर्काे स्मारक पनि छ । यो स्मारक यहाँका हरेक पर्यटक गाइडको एजेन्डामा हुने गर्छ । यसको नाम ‘टावर अफ द जुचे’ हो । जुचे कोरियन भाषा हो, यसको मतलव आत्मविश्वास हुने यहाँका पर्यटक गाइडहरु बताउँछन् । जुचे उत्तर कोरियाको दर्शन हो, जसका जनक किम इल सुङ हुन् । यो टावरको शिरमा एउटा विशाल मसाल छ तर झट्ट हेर्दा यो ‘नेश्नल टावर’ जस्तै देखिन्छ । यो मसालको उज्यालो पूरै रातसम्म रहन्छ र यसलाई यहाँका मानिसहरुले उत्तर कोरियाको स्वतन्त्रताको प्रतिक मान्छन् ।

 

प्योङयाङको मेट्रो भने असाध्यै शानदार देखिन्छ । यसको चमक देखेर पर्यटकहरु हैरान हुन्छन् । एक पर्यटकले बताए, ‘यसको चमक देखेरै हैरानी हुन्छ, यसको आकार रोयल अल्बर्ट हल जत्तिकै छ । यहाँको चित्रकला एकदमै मनमोहक छ र पर्यटक हेरैर दंग पर्छन् । ट्रेन स्टेशनको नाममा पनि विरताको सन्देश दिने कोशिस गरिएको छ । जस्तैः ग्लोरी स्टेशन, भिक्ट्री स्टेशन, वार भिक्ट्री स्टेशन, यूनिफिकेशन इत्यादी ।’

 

दक्षिण कोरियाको सीमाबाट यात्रा नगरेसम्म यहाँको यात्रा पूरा नहुने बीबीसीका सारा जैने बताउँछिन् । यो यस्तो ठाउँ हो, जहाँ बामपन्थीको भेट पूँजीवादीसँग हुन्छ । यहाँको सीमामा पर्खाल छ । सीमामा दक्षिण कोरियाको सैनिक डार्क सनग्लास लगाएको देखिन्छ ।

 

यहाँ दुबै देशको तनावको जो कोही पर्यटकले महसुश गर्न सक्छ । ब्रोडकास्टर एंडी कर्शावले आफ्नो अनुभव बाँड्दै भन्छन्, ‘यो दुनियाको सबैभन्दा खतरनाक ठाउँ हो । ठाउँ–ठाउँमा सैनिक छन् । तर पनि यहाँ कुनै ठूलो खैलावैला छैन । गजवको शान्ति छ ।’ 

-एजेन्सीको सहयोगमा 

अमेरिका उत्तर कोरिया

विशेष