विदेश

इराकमा आईएसको आक्रमणमा परि चार सुरक्षा अधिकारी मारिए

इराकमा आईएसको आक्रमणमा परि चार सुरक्षा अधिकारी मारिए

इराकको मध्य भागमा पर्ने सलाहुदिन प्रान्तमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा परी चार सुरक्षा अधिकारीको मृत्यु भएको छ । 


यस आक्रमणहरुमा परी चार सुरक्षा अधिकारीको मृत्यु हुनुका साथै अन्य आठ घाइते भएका प्रान्तीय सुरक्षा स्रोतले जानकारी दिएको छ । आइएस आतङ्ककारीहरुले इराकमा सुरक्षा बलमाथि बारम्बार आक्रमण गर्दै आएका छन् ।


 सन् २०१७ को डिसेम्बर ९ मा इराककी प्रधानमन्त्री हैदर अलि अबादीले इराक आइएस आतङ्ककारी समूहबाट स्वतन्त्र भएको औपचारिक घोषणा गरेका थिए । तर पनि इराकी सुरक्षा अधिकारी र सर्वसाधारण नागरिक लक्षित आइएसका स–साना आतङ्ककारी आक्रमणहरु हुँदै आएका छन् ।

आक्रमण मृत्यु आईएस

विशेष