विदेश

अमेरिकाको क्षेप्यास्त्र रोक्न सिरियामा रसियाले यस्ताे शक्तिशाली प्रणाली तयारी गर्याे

अमेरिकाको क्षेप्यास्त्र रोक्न सिरियामा रसियाले यस्ताे शक्तिशाली प्रणाली तयारी गर्याे

काठमाडौँ । अमेरिकाले आगामी ७२ घण्टा भित्र सिरियामा क्षेप्यास्त्र हान्ने चेतावनी दिएको छ । यसको प्रतिक्रिया दिँदै सिरियाको मुख्य मित्रशक्ति रसियाले अमेरिकाले हानेको हरेक क्षेप्यास्त्र खसालिदिने दाबी गरेको छ । 

            

सिरियाली द्वन्द्वमा रुसी सेना हाल सिरियामै रहेर सिरियाली राष्ट्रपति बसार अल–असादको प्रतिरक्षा गरिरहेको छ । यसका लागि रुसले आफ्नो देशमा बनेको अत्यन्त शक्तिशाली एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पनि तैनाथ गरेको छ । क्रेमलिनले दिएको यो प्रतिरक्षा प्रणालीले सिरियालाई स्टीलको घेराको रुपमा सुरक्षा दिएको छ ।

 

रसियाको सबैभन्दा उन्नत एस–४०० प्रणालीलाई विमान, क्रुज र ब्यालेष्टिक क्षेप्यास्त्रहरु ध्वस्त पार्ने हिसाबले डिजाइन गरिएको छ । यसलाई जमिनमा रहेको बस्तुविरुद्ध पनि मार हान्न सकिन्छ ।

 

एस–४०० पहिलो पटक सन् २०१५ मा सिरियामा तैनाथ गरिएको थियो । २४८ माइलसम्म रेन्ज भएकाले यसले सिरियाको अधिकाश भूभागमा हवाई सुरक्षा प्रदान गर्छ ।

 

१०,००० माइल प्रति घण्टाको गति हुने यसले एकै पटकमा ८० वटा सम्मका लक्ष्यलाई झार्न सक्ने सामर्थ राख्छ ।

 

रसियाले यो प्रणालीलाई इरान र टर्कीलाई पनि बेच्दै छ । यदी यसले अमेरिकाले हानेको क्षेप्यास्त्रलाई सफलतपूर्वक झारेमा ४० करोड डलर पर्ने यो प्रणालीको बिक्रीमा बढोत्तरी हुने पक्का छ । 

 

प्रारम्भमा रसियाले टर्कीको प्रतिरोधका लागि एस–४०० लाई सिरियामा ल्याएको थियो । नोभेम्बर २०१५ मा टर्कीको जेटले सिरियामा ल्याएको रसियाली बमबर्सक विमान खसालिदिए पछि रसिया र टर्कीबीचमा युद्ध हुने अवस्था निम्तिएको थियो ।

 

रसियाले आफ्नो देशमा पनि यो प्रणाली तैनाथ गरेको छ । लेबनान स्थीत रसियाको राजदुत एलेक्जेण्डर जसिप्कीनले अमेरिकी क्षेप्यास्त्रलाई रसियाले खसाइदिने बताएपछि एस–४०० प्रयोग हुन सक्ने अनुमान बढेको हो ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै रसियालाई स्मार्ट र नयाँ क्षेप्यास्त्रको लागि तयार रहन भनेका थिए । उनले ट्वीटमा रसियालाई आफ्नो जनतालाई मार्ने र त्यसमा आनन्द मान्ने ‘हत्यारा जनावर’को मित्र नहुन सुझाव दिएका छन् ।

 

ट्वीट यसो भनेर यो हप्ता सिरियाको दुमामा गरिएको विशालु ग्यास हमला र त्यसमा मरेका ४३ जनातर्फ संकेत गरिरहेका थिए ।

 

रसियाले भने यो दावी अस्वीकार गर्दै आइरहेको छ । क्रेमलिनले आफ्ना सैन्य विज्ञले लिएको नमुनामा विशालु पदार्थ नपाइएको र यो त्यहाँ तैनाथ ‘ह्वाइट हेलमेट’ नामक विद्रोही प्रति सहानुभुति राख्ने स्वयमसेवकले फैलाएको झुटो हल्ला भनेको छ ।

 

मस्कोमा यो बारेमा बोल्दै रुसी सेनाका लेफ्टिनेन्ट जनरल भिक्टर पोज्नीखिरले ‘आतङ्कवादी संस्था ‘ह्वाइट हेलमेट’ले पुन एक पटक क्यामरामा ‘रसायनिक आक्रमण’को नाटक गरेको’ भने ।

 

उनले त्यहाँको स्थानीय डाक्टरले रुसी अधिकारीहरुसँगको अन्तक्रियामा त्यहाँ कोही पनि विरामी विषालु ग्यासमा परेर उपचार गर्न नआएको बताएको उल्लेख गरे ।

त्यस अघि बोलेका रसियाली विदेश मन्त्रिले अमेरिकाको सिरियामा क्षेप्यास्त्र हमला गर्ने योजना ‘कथित रसायनिक हमला’को अध्ययन गर्न नमिल्ने गरि प्रमाण नष्ट गराउने प्रयास हुन सक्ने बताए ।

 

ट्रम्पले स्मार्ट मिलाइल हान्ने भनेको ट्वीटको प्रतिक्रिया जनाउदै विदेश मन्त्रीले ‘स्मार्ट क्षेप्यास्त्र त आतङ्कवादी तर्फ पो हान्नुपर्छ, कुनै वैध सरकार तर्फ होइन’ भने ।

 

पछिल्लो दिन सिरियाको मामलामा अमेरिका र रसियाको सम्बन्ध निक्कै तनावपूर्ण भइरहेको छ । बेलायत, फ्रान्स र अमेरिका सिरिया माथिको सम्भावित क्षेप्यास्त्र हमलाबारेमा छलफल गरिरहेका छन् ।

 

आज मात्रै अमेरिकी सेनाको टोमाहक क्रुज क्षेप्यास्त्र बाहक एक युद्धपोत भूमध्यसागरमा (सिरियातर्फ) अघि बढिरहेको खबर आएको छ ।

अमेरिका सिरिया रसिया क्षेप्यास्त्र

विशेष