विदेश

स्तनपान गराउँदै परीक्षा दिएपछि….

स्तनपान गराउँदै परीक्षा दिएपछि….

काठमाडाैं । अफ्गानी महिला जहन्ताब अहमदीले आफ्नी दुई महिनाकी छोरी लिएर विश्वविद्यालयको भर्ना परीक्षा दिन गएकी थिइन् । आफ्नो नवजात शिशुलाई स्तनपान गराउँदै परीक्षा दिंदै गरेका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भएपछि उनको जीवनमा परिवर्तन आएको छ ।

 

‘त्यहाँ एकदम गर्मी थियो । मेरो पसिना आइरहेको थियो । त्यसैले म मेचको पछाडि भूईंमा छायाँ पर्ने ठाउँमा बसें । यसरी बस्दा बच्चालाई धेरै घाम पर्दैनथ्यो’ जहन्ताब अहमदीले भनिन् ।

 


जहन्ताब अहमदीले विश्वविद्यालयको भर्ना परीक्षा दिने स्थानमा आइपुग्न सात घण्टा लामो यात्रा गरेकी थिइन् । आफ्नी दुई महिने छोरीलाई हेरचाह गर्दै जाँच दिइरहेकी थिइन् । एक जना अध्यापकले उनका तस्विरहरु खिचे र सामाजिक सञ्चार माध्यममा प्रस्तुत गरे ।

 


‘मलाई डर लागेको थियो मेरो परिवारले सामाजिक सञ्चार माध्यममा मेरो तस्विर राखेको मन पराउँदैनन् भनेर… मैले बच्चालाई स्तनपान गराउँदै परीक्षाका उत्तरहरु लिखिरहें । बच्चा बेस्सरी राइरहेको थियो । मलाई डर थियो कि अध्यापकहरुले यो सबै सहन नसकेर मलाई त्यहाँबाट निकालिदिन्छन् । अरु विद्यार्थीहरुलाई चाहिने शान्त वातावरण मैले त्यहाँ बिगारिरहेको थिएँ’ उनले भनिन् ।

 


उनका तस्विरहरु धेरै लोकप्रिय भए । उनलाई अहिले काबुलको एउटा प्रतिष्ठित विश्वविद्यालयमा अर्थशास्त्र पढ्ने मौका मिलेको छ । एक जना महिला राजनीतिज्ञले उनको शिक्षामा लाग्ने शुल्क बहोर्ने प्रतिवद्धता व्यत्त गरेकी छिन् । यसै गरी अफगानिस्तानको ‘दोश्रो’ उपाध्यक्षले एक वर्षको लागि उनलाई निःशुल्क निवासको व्यवस्था गर्ने बताएका छन् ।

 


‘मेरो उद्देश्य भनेको विश्वविद्यालयको शिक्षा हासिल गरेर मेरो गाउँका महिलाको सेवा गर्नु हो । उनीहरु पछाडि परेका छन् । काबुलका महिला बाहिर निस्किन सक्छन् र उनीहरु धेरै मेहनती छन् । तर मेरो गाउँका महिलाको अवस्था मलाई दयनीय लाग्छ किनभने उनीहरु शिक्षा र ज्ञानबाट बञ्चित छन्’ जहन्ताब अहमदीले भनिन् ।

साभार – बीबीसी

स्तनपान परीक्षा काठमाडाैं अफगानिस्तान

विशेष