News प्रदेश ३

प्रधानमन्त्रीले भने- सुरुङ खनेर भए पनि लामाबगरबाट चीन जोडिन्छ

प्रधानमन्त्रीले भने- सुरुङ खनेर भए पनि लामाबगरबाट चीन जोडिन्छ

दोलखा - चिनियाँ राजदूतसँगै लामा बगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ बनाएरै भए पनि लामाबगरबाट चीनसँगको नाका जोड्ने प्रतिवद्धता जनाएका छन् ।

 

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थलगत निरीक्षणका क्रममा लामाबगर पुगेका प्रधानमन्त्री ओलीले ६र७ किलोमिटर सडक निर्माण गरेरै भए पनि नाका जोडिने बताए ।

 

भारतको सिमाना भिट्टामोडदेखि लामाबगरसम्मको सडक राम्रोसँगै २ लेनको तयार भएको छ । ‘अब तिब्बत सिमाना पुग्न थोरै भएकाले कठिन भूगोलमा सुरुङ बनाएर भए पनि नाका खुल्छ,’ प्रधानमन्त्रीले भने, ‘यसबारे म काठमाडौं र्फकनासाथ विशेष निर्णय हुन्छ ।’

 

प्रधानमन्त्री ओलीले नाका जोड्ने कुरा गर्दा चिनियाँ राजदूत यू होङ साथमै थिइन् । याे खबर आजको कारोबारदैनिकमा छ ।


 

प्रधानमन्त्री केपी शर्मा ओली

विशेष