News

नवनियुक्त महानिरीक्षक खनालद्वयलाई दर्ज्यानी चिह्न प्रदान

नवनियुक्त महानिरीक्षक  खनालद्वयलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच गृहसचिव प्रेमकुमार राईले खनाद्यलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

 

मंगलबारको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको डीआईजी वरियतामा एक नम्बरमा रहेका खनाललाई महानिरीक्षकमा र सशस्त्र तर्फ एआईजी शैलेन्द्र खनाललाई बढुवा गर्ने निर्णय गरेको थियो ।

निवर्तमान महानिरीक्षक प्रकाश अर्यालसँगै अन्य वरिष्ठ प्रहरी अधिकृतहरुले ३० वर्षे सेवा अवधीका कारण बुधबारबाट अवकाश पाएपछि डिआईजीबाट खनाल सिधैं महानिरीक्षकमा बढुवा भएका हुन् । यस्तै सशस्त्रका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले पनि ३० वर्षे सेवा अवधीका कारण बुधबारदेखि नै अवकाश पाएका थिए ।

सर्वेन्द्र खनाल शैलेन्द्र खनाल दर्ज्यानी चिह्न आईजीपी

विशेष