अमेरिकाले दियो क्षेप्यास्त्र आक्रमणको रुसलार्इ चेतावनी

काठमाडौं । अमेरिकाले सिरियामा क्षेप्यास्त्र आक्रमण गर्ने चेतावनी दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले रसायनिक आक्रमणको प्रतिक्रियास्वरुप क्षेप्यास्त्र आक्रमणको तयारी भइरहेको बताएका हुन् ।
ट्रम्पले माइक्रो ब्लगिङ साईट ट्वीटरमार्फत तयार रहन रुसलाई चेतावनी दिए । बेलायत र फ्रान्सले पनि रसायनिक आक्रमणविरुद्धको कारबाहीका लागि अमेरिकालाई सघाउन सैन्य बल तयार पारेको बीबीसीले जनाएको छ ।
रुसी वरिष्ठ अधिकारीहरुले समेत अमेरिकाले गर्ने भनिएको जस्तोसुकै आक्रमणको डटेर सामना गर्ने बताएका छन् । रसायनीक आक्रमणबारे स्वतन्त्र छानबिन गर्नुपर्ने अमेरिकी प्रस्तावविरूद्ध रुसले सुरक्षा परिषद्मा भिटो प्रयोग गरेपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।
अमेरिका रुस