News मुख्य समाचार

नवलपरासीमा जीप दुर्घटना, १ काे मृत्यु ८ गम्भीर

नवलपरासीमा जीप दुर्घटना, १ काे मृत्यु ८ गम्भीर

नवलपरासी । नवलपरासीको बुटिङ्गटार गाउँपालिका वडा नं ५ र ६ को बीचमा पर्ने सिमार्दी भञ्ज्याङ्गमा जीप दुर्घटना भएकाे छ । उक्त जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ, भने ८ जना गम्भीर घाईते भएका छन् ।

 

बिहीबार बिहान बुलिङ्गटारबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५३३७ नम्बरको जीप दुर्घटना भएकाे हाे । दुर्घटनामा परी तनहुँ जिल्ला रिसिङ गाउँपालिका ५ का ४५ वर्षीय भिमबहादुर मुस्लीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।  घाईतेहरुलाई उपचारका लागि दलदलेको अस्पतालमा लगिएको छ । जिपमा ११ जना सवार रहेका थिए ।

 

उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको बुलिङ्गटार गाउँपालिका वडा नं ६ का अध्यक्ष सूर्यबहादुर रानाले जानकारी दिए । उनका अनुसार जिप सडकबाट ७५ मिटर तल खसेको छ ।

नवलपरासी दुर्घटना

विशेष