राजनीति भिडियो कभर स्टोरी अन्तरवार्ता नेपाल आज विशेष

विद्यार्थी नेताको चेतावनीः नेताहरुले नै चलाए निजी स्कुल, हामी खारेज गर्छौँ (भिडियाे)

 एमालेले दम्भ नदेखाए हुन्छ 

विद्यार्थी नेताको चेतावनीः नेताहरुले नै चलाए निजी स्कुल, हामी खारेज गर्छौँ (भिडियाे)

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले वैशाख ९ गते पार्टी एकता गर्ने बताउँदैआएका छन् । तर पदीय भागबन्डा, चुनाव चिन्ह, एकीकृत पार्टीको विधानमा जनयुद्ध राख्ने वा नराख्ने जस्ता विषयमा अझै मतभेद छ ।

 

उक्त विषयलाई कसरी समधान गरिँदै छ । अझ दुबै पार्टीका आधार मानिने विद्यार्थी संगठनलाई कसरी एकता गराउने र विद्यार्थी नेताहरुलाई कसरी व्यवस्थापन गराउने भन्ने विषयबारे छलफल नै भएको छैन ।

 

एकीकृत विद्यार्थी संगठनको नेतृत्व कसले गर्छ ? कार्यदिशा के हुने ? भन्ने बारेमा चासो त धेरैलाई छ तर बहस भएको छैन । नेपाल आजले अनेरास्ववियु क्रन्तिकारीका अध्यक्ष रञ्जित तामाङसँग यही विषयमा कुराकानी गरेको छ । तामाङले पनि आफ्ना नेताहरु झैँ एकता हुनेमा ढुक्क रहेको बताए । बाँकी मुद्दा चाँडै सल्टिने भन्दै सबैलाई विश्वस्त रहन आग्रह गरे ।


‘एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड कसैको कार्यकर्ता नभइ नेता हुन् । यसबारेमा एकता कार्यदलले पनि राम्ररी बुझेको छ,’ उनले भने, ‘उनीहरुको समान हैसियत भएरै पार्टी एकता हुन्छ । र विद्यार्थी संगठनमा पनि यही कुरा हो ।’

 

प्रतिशतका आधारमा एकता नहुने भन्दै समान हैसियतमा एकता हुनुपर्ने उनको भनाइ थियो । उनले थपे, ‘राजनीति गतिशिल हुन्छ । कहिले कुनै पार्टी ठूलो त कहिले अर्को पार्टी ठूलो हुन्छ । एमालेले पनि दम्भ देखाउनु हुँदैन ।’


संगठन व्यवस्थापन
 

विद्यार्थी संगठनको एकता सन्दर्भमा पनि उनले पार्टी झैँ समान हैसियतमा हुने दोहोर्याए । उनले भने, ‘महाधिवेशनसम्म नेतृत्वमा दुबै संगठनका नेताहरु समान हैसियतमा रहन्छन् ।’

 

विभिन्न समयमा विभिन्न विद्यार्थी संगठबीच एकता हुँदैआएकाले यो एकताले तात्विक भिन्नता नहुने उनको बुझाइ छ । यस्तै एकीकृत विद्यार्थी संगठनको मूल कार्यदिशा समाजवाद उन्मुख शिक्षा रहेको तामाङले बताए ।


निजी विद्यालय
 

पछिल्लो समय निजी विद्यालयले चर्को मुल्य अशुल्दैआएका छन् । विद्यार्थी संगठनहरु भने मौन देखिन्छन् । यस्तै सन्दर्भमा हामीले नेता तामाङलाई सोधेका थियौँ ।

 

उनले आफूहरु पनि निजी विद्यालयको लापरबाही रोक्न लागिपरेको भनेका छन् । आधारभुत शिक्षाको जिम्मेवारी स्थानीय तहलाई नै भए पनि स्थननीय तहले यसबारेमा चासो नदेखाएको भन्दै तामाङले आक्रोश व्यक्त गरे ।

 

सबैजसो निजी विद्यालय संचालनमा प्रमुख राजनीतिक दलका प्रमुख नेताहरुको संलग्नता भएकाले नियम कानुन पनि लागु गराउन जटिल रहेको उनी बाउँछन् ।

 

‘अब निजी विद्यालयहरुले उच्च शिक्षा अध्यापन गराउनुपर्छ, उनले भने । साथै आभारभुत शिक्षालाई निशुल्क बनाउन सरकारलाई दबाब दिने उनले बताए । र निकट भविष्यमै निजी विद्यालय खारेज गराउने उनको दाबी थियो ।


सरकारको काम कारबाही
 

आफ्नै पार्टी संलग्न रहेको सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको आरोप लगाउँदै मन्त्रीहरु प्रचारवाजीमा लागेको उनको गुनासो छ ।

 

प्रधानमन्त्री र मन्त्रीहरु काम गर्न भन्दा पनि हौवा पिटाउन लागिपरेको उनको बुझाइ छ । ‘काम भन्दा कुरा मात्र धेरै भए,’ उनले भने, ‘सुखी नेपाली र सम्मृद्ध नेपालको सपना पूरा गराउन यो तालमालले हुन सक्दैन ।’

पार्टी एकता विद्यार्थी संगठन रञ्जित तामाङ अनेरास्ववियु क्रन्तिकारी

विशेष