News मुख्य समाचार

मन्त्रीकाे हालिमुहालीमा प्रधानमन्त्री अाेलीले लगाए ब्रेक

मन्त्रीकाे हालिमुहालीमा प्रधानमन्त्री अाेलीले लगाए ब्रेक

काठमाडौं । अब मन्त्रीले समूह र विज्ञता नमिले पनि आफूलाई मन लागे जुनसुकै निकायको सचिव टिपेर लैजाने र मन नपरे सरुवा गरिहाल्ने परम्परा बन्द हुने भएको छ। 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई जानकारी नदिई एकै पटक तीस सचिवको सरुवा गरेपछि सचिव सरुवामा मन्त्रीको हालिमुहालीमा ब्रेक लाग्ने देखिएको हो। 

 

गत साताको बिहिबार प्रधानमन्त्री ओलीले संघीय ममिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग मात्र परामर्श गरी विभिन्न निकायका तीस सचिवको सरुवा गरेका थिए। 

 

यसको जानकारी अधिकांश मन्त्रीले शुक्रबार बिहान मात्र पाएका थिए, जुन दिन प्रधानमन्त्री ओली भारत भ्रमणमा जादै थिए। माओवादी केन्द्रका मन्त्रील् त प्रधानमन्त्रीले थाहै नदिई सचिव सरुवा गरेको भन्दै असन्तुष्टि जनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहालको ध्यानाकर्षण समेत गराए। 


तर ओलीले सचिव सरुवा हेरफेर नहुने र विपक्षमा दौडधुपमा लाग्ने कर्मचारीलाई कारबाही गर्न चेतावनीसमेत दिएका छन्।  याे खबर अाजकाे नागरिक दैनिकमा छ ।

मन्त्री हालिमुहाली अाेलीले लगाए ब्रेक

विशेष