News अर्थ

गुलियो चिनिको तीतो कथा ! कारवाहीको डरले भुक्तानी

गुलियो चिनिको तीतो कथा ! कारवाहीको डरले भुक्तानी

काठमाडाैं । उखु किसानले दुई बर्षदेखि सवा ७ अर्ब रुपैयाँ पाएका छैनन् । ४ महिनायता उधोगीको १ लाख ७० हजार टन चिनी विक्री नभई थन्किएको छ । 

 

अन्तर्राष्ट्रिय बजारमा चिनीको मुल्य घट्ने क्रममा रहे पनि उपभोक्ता प्रतिकिलो ८५ देखि ९० रुपैयाँ तिर्न बाध्य छन् । यी तथ्यले देखाउँछ चिनी कारोवार व्यवस्थित हुन नसक्दा बर्षौदेखि किसान, उपभोक्ता र व्यवसायी तीनै पक्ष मार्कामा पर्दै आएका छन् । 

 

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालिका अनुसार उखु तौलेर जिम्मा लगाएपछि ३० देखि ४५ दिनभित्र रकम भुक्तानी गर्ने सम्झौता भएको थियो ।

 

कारवाहीको डरले भुक्तानी 

उधोग वाणिज्य तगा आपुर्तिमन्त्री मात्रिका यादवले उधोगीलाई कारवाही गर्न गृहमा पत्राचार गरेपछि किसानले भुक्तानी पाउन गालेका छन् । उधोगीले सहमति उल्लंघन गर्दै रकम भुक्तानीमा ढिलाई गरेपछि यादवले कारवाहीका लागि गृह मन्त्रालयमा पाचार गरेका थिए । 

 

किसानलाई रकम भुक्तानी नगर्ने उधोगीलाई गिरफ्तार गरी आवश्यक काुननी कारवाही प्रक्रिया अघि बढाउन मन्त्री यादवले आग्रह गरेका थिए ।, यो खबर आजको कान्तिपुरमा छ । 

उखु किसान भुक्तानी

विशेष