News

सार्वजनिक यातायातमा बेथिति, ‘भिआइपी’ क्षेत्रमै अस्तव्यस्त

सार्वजनिक यातायातमा बेथिति, ‘भिआइपी’ क्षेत्रमै अस्तव्यस्त

काठमाडौं । ‘भन्नलाई भिआइपी बस्ने एरिया रे सार्वजनिक यातायातको हालत भने यस्तो छ । साझा बस पनि जम्मा दुर्इ वटा चलेको छ, कति बेला आउँछ भन्ने पनि थाहा छैन।’ 

 

मंगलबार बेलुका रत्नपार्क-जावलाखेल–भैंसेपाटी–चुनिखेल रुटको बसका दुई यात्रुले गरेको कुराकानी हो यो। दुई दर्जन यात्रु क्षमता भएको मिनी बसमा कोचिएर यात्रा गर्दाको सास्तीबरे यात्रुले कुरा गरिरँदा सहचालक भने यात्रुलाई बसभित्र कोच्दै थिए। 

 

‘मिलेर बस्नुस्, यता घुम्नुस्, उता घुम्नुस्’ सहचालक यात्रुलाई भन्दै थिए। बसभित्र कोचिएर बसेका यात्रुहरु सहचालकको जबरजस्तीले सरिरहेका थिए। भैँसेपाटी सुविधासम्पन्न ठाउँका रुपमा परिचित छ। 

 

यो क्षेत्रमा नाम चलेका कलाकार, पत्रकार, नेता, पूर्वमन्त्री, राजदूत र उच्चपदस्थ व्यक्तिको बसोबास छ।  त्यसैले यो ‘भिआइपी क्षेत्र’को रुपमा चिनिन्छ। तर, यो क्षेत्रमा सार्वजनिक सवारीसाधन व्यवस्थित छैनन्। 

 

रत्नपार्क– भैसेपाटी रुटमा न माइक्रो चल्छ, न त ठूलो नयाँ बस नै। यहाँ चल्ने साझा बसको सेवा पनि गतिलो छैन्। यो रुटमा यातायात समितिले नयाँ बस थपे पनि सार्वजनिक सवारीको अवस्था सुध्रिएको छैन्। याे खबर अाजकाे नागरिक दैनिकमा छ ।
 

भिआइपी क्षेत्र अस्तव्यस्त

विशेष