News अर्थ

सम्पत्ति शुद्धिकरण निर्देशिका लागू

सम्पत्ति शुद्धिकरण निर्देशिका लागू

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलाप वित्तीय लगानी निवारण निर्देशिका, २०६९ लागू गरेको छ ।  

 

बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ र सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम धितोपत्र व्यवसायमा संलग्न सवैलाई जिम्मेवार बनाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलाप वित्तीय लगानीलाई निरुत्साहित तथा नियन्त्रण गर्ने निर्देशिका लागू गरेको हो ।

 

बोर्डले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७४ पारित गरी आगामी बैशाख १ गतेदेखि लागू गर्ने भएको हो ।

सम्पत्ति शुद्धिकरण

विशेष