News देश

यसवर्ष किताब अभाव नहुने जनक शिक्षाको दाबी , नपाएमा फोन गर्न आग्रह

यसवर्ष किताब अभाव नहुने जनक शिक्षाको दाबी , नपाएमा फोन गर्न  आग्रह

काठमाडौं । यो वर्ष पाठ्यपुस्तको अभाव हुने नदिने जनक शिक्षा सामग्री केन्द्रले दाबी गरेको छ । अहिलेसम्म देशभर रहेका ८ वटा केन्द्रबाट सबै प्रदेशको सदरमुकाममा पाठ्यपुस्तक पुगिसकेको केन्द्रका प्रवक्ता चित्र आचार्यले जानकारी दिए । 

 

उनका अनुसार यो वर्षका लागि जनक शिक्षाले १ करोड ८० लाख किताब छापेको छ । अब ३ लाख पुस्तक छाप्न बाँकी रहेको आचार्यले जानकारी दिए । पहाडी भेगमा ९५ प्रतिशत पाठ्यपुस्तक पुगिसकेको र अब ५ प्रतिशत मात्र बाँकी रहेको पनि उनले बताए । 

 

तराईमा बाँकी रहेका केही ठाउँमा पनि प्रदेश सदरमुकामबाट पाठ्यपुस्तक लैजाने काम भइरहेको छ । नपुगेका  ठाउँहरुमा भर्ना अभियान सञ्चालन हुने समयसम्म पाठ्यपुस्तक पुगिसक्ने आचार्यले दावी गरे । 

 

पाठ्यपुस्तक नपाएमा ६६२०१४० मा फोन गरेमा तुरुन्त पाठ्यपुस्तक पठाइदिने लिमिटेडले जनाएको छ । 

किताब अभाव

विशेष