विदेश

सिरियामा आक्रमण गरेमा अमेरिकासँग युद्ध हुन्छः रुसी राजदूत

सिरियामा आक्रमण गरेमा अमेरिकासँग युद्ध हुन्छः रुसी राजदूत

काडमाडाैं । सिरियामा आक्रमण गरे अमेरिकासँग युद्ध हुनसक्ने रुसले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत बेसिली नेभेन्जियाले अमेरिकाले सिरियामा आक्रमण गरेमा अमेरिका र रुसीबीच युद्धको वातावरण सिर्जना हुने बताएका हुन्।

 

उनले अमेरिका र उसका सहयोगी राष्ट्रलले अाफ्नाे आक्रामक नीतिका कारण अन्तर्राष्ट्रिय शान्ति खतरामा पारेको आरोप पनि लगाए । विद्यमान अवस्था निकै खतरनाक रहेको उनको भनाइ छ। 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रो र ब्रिटेनका प्रधानमन्त्री टेरेजा मेसँग सम्पर्क गर्नसक्ने र विद्रोही नियन्त्रित सिरियाको क्षेत्रमा भएको रासायनिक आक्रमणको जवाफ कसरी दिने भन्नेमा छलफल गर्न सक्ने जनाइएको छ । 

 

ह्वाइट हाउसले अहिले नै सैन्य कारवाहीबारे कुनै निर्णय नगरे पनि सबै विकल्प खुला रहेको र कुनै पनि समय उचित निर्णय लिइने जनाएको छ। सिरियामा रसायनिक ग्यास आक्रमणको विषयमा दुई देशबीच कटुता बढ्दै गएका बेला दुवैतर्फबाट आक्रमण गर्ने चेतावनी अाइरहेका छन्।
 

अमेरिका युद्ध रूस

विशेष