बलात्कारकाे अभियाेगमा मोदीको दलका एक सांसद पक्राउ

लखनउ । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे पार्टी भारतीय जनता पार्टीबाट उत्तर प्रदेश विधान सभामा निर्वाचित कुलदीप सेन्गर बलात्कार अभियोगमा पक्राउ परेका छन्। सेन्गरलाई सिबिआईको टोलीले शुक्रबार बिहान लखनऊस्थित उनको घरबाट पक्राउ गरेको हो।
उनीविरूद्ध उनाउकी एक १६ वर्षीया युवतीलाई बलात्कार गरेको भन्दै मुद्दा परेका छ। मुद्दा हालेकी युवतीले गत जुनमा कुलदीपले आफूलाई बलात्कार गरेको बताएकी थिइन्।
युवतीका परिवारले मुद्दा दायर भएपछि कुलदीपका भाइले धम्क्याउने गरेको र प्रहरीले पनि यो मुद्दामा कुलदीपलाई नमुछ्न दबाब दिएको बताएका थिए। युवतीका बुवालाई कुलदीपका भाइले कुटेको एक भिडियो भाइरल भएको थियो। कुटाइबाट घाइते भएका युवतीका बुवाको प्रहरी हिरासतमै मृत्यु भएको थियो।
नरेन्द्र माेदी भारतीय प्रधानमन्त्री