News रोजगार

वैदेशिक रोजगार विभागले माग्यो एजेन्टको विवरण

वैदेशिक रोजगार विभागले माग्यो एजेन्टको विवरण

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा कामदार पठाउने एजेन्टहरुको विवरण म्यानपावर एजेन्सीहरुसँग माग गरेको छ।

 

विभागबाट स्वीकृति लिएर म्यानपावर कम्पनीले राखेका एजेन्टको विवरण आगामी वैशाख तीन गतेभित्रमा उपलब्ध गराउन सूचना जारी भएको हो।

 

वैदेशिक रोजगारीमा कामदार पठाउनका लागि म्यानपावर कम्पनीले खोलेका शाखा र एजेन्टको विवरण अध्यावधिक गर्न लागिएको विभागले जनाएको छ। विभागले चैत १२ गते ३ सय ८९ जना एजेन्ट खारेज गरेको थियो।

एजेन्ट वैदेशिक रोजगार विभाग

विशेष