News अपराध सुरक्षा राजनीति

भीआईपीको घरमा नियम विपरीत सुरक्षाकर्मी

भीआईपीको घरमा नियम विपरीत सुरक्षाकर्मी

काठमाडौं । पूर्वप्रधानमन्त्री, गृहमन्त्री र भीआईपीले अझै आफ्ना घरमा मनपर्दी ढंगले सुरक्षाकर्मी राखेका छन्। 


सरकारले बनाएको विशिष्ठ व्यक्ति सुरक्षा कार्यविधि विपरीत पूर्वभीआईपीले सशस्त्र प्रहरीका दर्जनौं सुरक्षाकर्मी सुरक्षामा राखेका हुन्। राज्यकोषबाट तलब सुविधा लिएर मुलुकको सुरक्षामा तैनाथ हुनुपर्ने सयौं सुरक्षार्की पहुँच र शक्तिका आधारमा भीआईपीकहाँ बसिरहेका छन्। 

 

विगतमा सुरक्षा अवस्था गम्भीर हुँदा राखिएका सुरक्षाकर्मी अहिले सुरक्षा थ्रेट नहुँदा र राजनीतिक स्थितरतासहितको शान्ति कायम भइसक्दा पनि ठूलो संख्यामा भीआईपीकहाँ रहँदै आएका हुन्। 

 

कतिपयले सुरक्षाकर्मीलाई घरायसी कामममा लगाउने गरेको गृह मन्त्रालय स्रोतको दाबी छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबाहेक सबै पूर्वप्रधानमन्त्री, गृहमन्त्री र पूर्वपदाधिकारी तथा बहालवाला अधकारीले पनि घरमा दर्जनौं सुरक्षाकर्मी राखेको गृहमन्त्राले जनाएको छ । याे खबर अाजकाे अन्नपूर्ण पोस्टमा छ ।
 

सुरक्षाकर्मी भीआईपी

विशेष