अमेरिकाद्वारा सिरियामा मिसाइल आक्रमण सुरू

काठमाडौं । अमेरिकाले सिरियामा मिसाइल आक्रमण सुरु गरेको छ । सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा भएको रसायनिक आक्रमणको जवाफमा अमेरिकाले सिरियाली सेनाविरुद्ध आक्रमण गरेको हो ।
अमेरिकाको सैन्य हमलामा फ्रान्स र बेलायतले पनि साथ दिएका छन् । सिरियामा आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणालगत्तै राजधानी दमास्कस वरपर विष्फोटका ठूला आवाज सुनिएका छन् ।
अमेरिकी अधिकारीहरुले यस सैन्य कारवाहीमा लडाकू विमान र युद्धपोतको समेत प्रयोग गरिएको जानकारी दिएका छन् । रुसले सिरिया सरकारलाई र अमेरिकाले विद्रोहीलाई साथ दिँदै आएका छन् । रुसले अमेरिकी मिसाइललाई आकाशमै ध्वस्त पार्ने चेतावनी दिएको छ ।
सिरिया अमेरिका रुस