News मनोरञ्जन चाडै आउदैछ

दाइजोविरोधी फिल्म 'भोर'को ट्रेलर सार्वजनिक

दाइजोविरोधी फिल्म 'भोर'को ट्रेलर सार्वजनिक

सतिप्रथा विरुद्ध फिल्म ‘झोला’ निर्देशन गरेका यादवकुमार भट्टराईले अर्को उस्तै सन्देशमूलक फिल्म निर्देशन गर्ने भएका छन्, जसको नाम ‘भोर’ राखिएको छ ।

 

निर्देशित फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो । सार्वजनिक ट्रेलरमा मधेसमा व्याप्त दाइजो प्रथाको विषय देखाइएको छ ।  

 

वैशाख २१ बाट प्रदर्शनमा आउने फिल्ममा कृष्ण धरावासीको लेखन तथा निर्देशक भट्टराईको पटकथा छ । 

 

फिल्ममा रामनारायण ठाकुर, अनितारानी मण्डल, प्रमेस झा, मदन ठाकुर, विष्णुकान्त झालगायत कलाकारको अभिनय रहेको छ ।

 

राम तिमल््िसना र रामगोपाल थापाको निमार्णमा बनेको फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन् ।

विशेष