विदेश

सिरियामाथि अमेरिका, ब्रिटेन र फ्रान्सकाे आक्रमण: ताजा जानकारी

सिरियामाथि अमेरिका, ब्रिटेन र फ्रान्सकाे आक्रमण: ताजा जानकारी

अहिले सिरियामा अाक्रमण जारी छ, बिबिसीले लार्इभ दिए अनुसार केही सारांश

अमेरिका, ब्रिटेन र फ्रान्सले गत शनिवारको सन्दिग्ध रासायनिक अस्त्र आक्रमणको बदलामा भन्दै हवाई र क्षेप्यास्त्र हमला गरेका छन्


रासायनिक अस्त्र प्रयोग गरेको अस्वीकार गरेको सिरियाली सरकारले हमलामा अन्तर्राष्ट्रिय कानूनको सीधा उल्लंघन भएको बताएको छ


सिरियाली सरकारको प्रमुख समर्थक रुसले आक्रमणको घातक परिणाम हुनसक्ने चेतावनी दिएको छ


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूहरुले “रासायनिक अस्त्र क्षमता भएका स्थानलाई निशाना बनाएको” बताए


राजधानी दमास्कस र होम्स शहरमा विस्फोटका चर्को आवाज सुनिएको थियो

 

जर्मन चान्सलर एंगेला मर्केलले सिरियामा भएको हवाई हमलाप्रति आफ्नो समर्थन जनाएकी छन्।

 

सिरिया हमलाबारे संसदमा बोल्छु: मे
ब्रिटिश प्रधानमन्त्री टरिजा मेले सिरियामा गरिएको हमलामा सहभागी हुने आफ्नो निर्णयको बचाउ गर्दै त्यसबारे संसद्‌मा सोमवार बोल्ने बताएकी छन्।

उनले भनिन्, "यो घटनाक्रम र सैन्य गोपनीयताको सन्दर्भमा हामीले जे गर्‍यौँ त्यो उचित थियो भन्ने मलाई लाग्छ।"

सिरियामा अाक्रमण शनिवार अस्त्र आक्रमण

विशेष