News पर्यटन

छायानाथ वैंशमै हेरौं, बुढेशकालमा गाह्रो हँदोरहेछ : प्रधानमन्त्री

छायानाथ वैंशमै हेरौं, बुढेशकालमा गाह्रो हँदोरहेछ : प्रधानमन्त्री

काठमाडाै‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले रारा–कर्णाली पर्यटन वर्षको उद्घाटन गरेका छन् ।

 

कर्णाली प्रदेश सरकारले २०७५ साललाई रारा–कर्णाली पर्यटन वर्ष घोषणा गरेको छ, जसको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित केन्द्र सरकारका मन्त्रीहरु पनि रारा पुगेका छन् । प्रधानमन्त्री ओलीले राराको डिलबाटै देशबासीलाई सम्बोधन गरेका थिए ।

 

मुगुमा आयोजित पर्यटन वर्षको उद्घाटन कार्यक्रममा उनले रारा एक पटक जार्नै पर्ने ठाउँ भएको बताए । उनले अघि भने, ‘छायानाथ हेर्ने हो भने वैंशमै जाऊँ । बुढेसकाल लागेपछि गाह्रो हुँदो रहेछ ।’

 

केन्द्र सरकारले आवश्यक सहयोग गर्ने भन्दै प्रधानमन्त्री ओलीले विकासको योजना ल्याउन आग्रह गरे ।

 

कणार्ली प्रदेश जडीबुटीको प्रदेश भएको भन्दै उनले अर्गानिक प्रदेशका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री ओलीले सुर्खेतबाट सबै जिल्लामा हवाई सेवा सञ्चालनका लागि काम गर्ने, कणार्ली करिडोर बनाउने र हुम्लालाई छिट्टै मोटरबाटोले जोड्ने बताए ।

केपी अाेली

विशेष