विदेश

सिरियामा भएको हवाई आक्रमणमा कोही हताहत भएका छैनन्: रुस

सिरियामा भएको हवाई आक्रमणमा कोही हताहत भएका छैनन्: रुस

रुसको रक्षा मन्त्रालयले आफूले प्राप्त गरेको प्रारम्भिक जानकारीअनुसार सिरियामा भएको हवाई आक्रमणमा कोही पनि हताहत नभएको बताएको छ।

 

प्रहार गरिएका १०३ मध्ये ७१ वटा क्रूज क्षेप्यास्त्र सिरियाली पक्षले रोकिदिएको उसले जनाएको छ।

 

चारवटा हवाई अखाडालाई लक्ष्य गरी प्रहार गरिएका सबै र अरू दुई हवाई अखाडातिर प्रहार गरिएकामध्ये आधाभन्दा बढी क्षेप्यास्त्रहरू खसालिएको उसको भनाइ छ।

सिरिया हवाई आक्रमण

विशेष