News मुख्य समाचार प्रदेश ५

सरकारभित्रै 'जनसत्ता' विवाद उत्कर्षमा

सरकारभित्रै 'जनसत्ता' विवाद उत्कर्षमा

दाङ । माओवादीले द्धन्दकालीन समयमा खडा गरेको जनसत्ता ले गरेका कामलाई वैधता प्रदान गर्ने विषयमा सरकारभित्रै मत बाझिएको छ ।

 

कर्णाली प्रदेश र पाँच नम्बर प्रदेशका जिल्लामा अहिले जनसत्ताले गरेका जग्गासम्बन्धी लिखितलाई लिएर विवाद चर्किएको हो । सो समयमा माओवादी जनसत्ताको लिखत आधारमा जग्गा किनबेच गरेका दुवै पक्षले त्यसमा दाबी गरेपछि विवाद बढेको छ ।

 

पाँच नम्बर प्रदेशको पूर्वी रुकुम र रोल्पामा जनसत्ताको विवाद उत्कर्षमा छ । समाचारमा लेखिएको छ, कर्णाली प्रदेशको पश्चिम रुकुम र सल्यानमा पनि यो विवाद चुलिँदो छ ।

 

माओवादी द्धन्दकालीन समयमा आफैंले सञ्चालन गरेको जनसत्ताका निर्णयलाई प्रदेश सरकारबाटै कानुन निर्माण गरेर आधिकारिकता दिने पक्षमा उभिएको छ ।

 

प्रदेश सरकारको नेतृत्व गरेको एमालेले भने जनसत्ताको लिखतलाई मान्यता दिने कानुन प्रदेश सरकारबाट निर्माण गर्न नसकिने बताइरहेको छ । याे खबर अाजकाे नागरिक दैनिकमा छ ।

विवाद जनसत्ता

विशेष