News अपराध सुरक्षा

प्रदेशमा डीआईजी नै प्रहरी प्रमुख

प्रदेशमा डीआईजी नै प्रहरी प्रमुख

काठमाडौं । प्रदेश प्रमुखमा डीआईजी खटाउने सरकारको तयारीपछि एआईजीको संख्या निर्धारण गर्न छलफल सुरु भएको छ। प्रहरी मुख्यालय मातहतको प्रहरी अस्पतालबाहेकका सबै विभागमा डीआईजीले नेतृत्व गरिरहेका छन्।

 

डीआईजी बस्ने कार्यालय ट्राफिक महाशाखा, ट्राफिक निर्देशनालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा एसएसपीले निमित्त भएका काम गरिरहेका छन्। 


गृह मन्त्रालयले प्रदेश गृह मन्त्रालयमा सहसचिव पठाउने निर्णयसँगै अतिरिक्तमा परेका एआईजीले अवकाश पाइसकेका छन्। गृहले डीआईजी नै प्रदेश प्रमुख बनाउने गरी संघीय प्रहरी ऐनको मस्यौदा अघि बढाइसकेको छ। 

 

गृह प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले एक साताभित्र मस्यौदा कानुन मन्त्रालयमा पठाउने तयारी गरेको बताए। याे खबर अाजकाे अन्नपूर्ण पोस्टमा छ ।
 

डीआईजी प्रदेश प्रमुख

विशेष