News खेल

अपराजित यात्रामा बार्सिलोनाको कीर्तिमान

अपराजित यात्रामा बार्सिलोनाको कीर्तिमान

एजेन्सी । बार्सिलोनाले ला लिगा फुटबलमा अपराजित यात्रामा नयाँ किर्तिमान बनाएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई २ – १ ले पराजित गरेको हो ।

 

बार्सिलोनालाई जित दिलाउन लुइस स्वारेज र स्यामुएल उमटिटीले समान एक एक गोल गरे । भ्यालेन्सियाका डानी परेजोले एक गोल फर्काए ।

 

बार्सिलोनाले एकै सिजन ३९ खेलमा पराजित रहदै रियल सोसिडाडले किर्तिमान भंग गरेका हुन् । सन् १९७९ – ८० को सिजन रियल सोसिडाडले ३८ खेलको अपराजित यात्रा कायम गरेका थिए ।

 

क्याम्प नाउमा बार्सिलोनाले स्वारेजको गोलबाट १५ औं मिनेटमा अग्रता बनाएको थियो । पहिलो हाफमा १ – ० ले अघि रहेको बार्सिलोनाको लागि उमटिटीले ५१ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

 

खेलको ८७ औं मिनेटमा भ्यालेन्सियाका परेजोले एक गोल गर्दै खेल २ – १ मा ल्याए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेन र खेल बार्सिलोनाले २ – १ ले आफ्नो बनायो ।

 

यो जितसँगै बार्सिलोनाले ला लिगाको उपाधि नजिक पुगेको छ । अब बार्सिलोनालाई उपाधि जित्न मात्र ७ अंकको खाचो रहेको छ । बार्सिलोनाले ३२ खेलबाट ८२ अंक जोडेको छ ।

 

बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा १४ अंकले अघि छ । एथ्लेटिकोको ६८ अंक छ ।  पराजित भ्यालेन्सिया ६५ अंक जोडेर लिगको तेस्रो स्थानमा छ ।


 

बार्सिलोना

विशेष