गाउँपालिका भवनमा बम विष्फोट
इलाम । चुलाचुली गाउँपालिकामा बम विस्फोट भएको छ । जिल्लाको चुलाचुली गाउँपालिकाको नवनिर्मित भवनलाई लक्ष्य गरी शनिबार राति साढे आठ बजेतिर बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ ।
भवनको बैठक कोठामा बम विस्फोट भएको थियो । विस्फोटबाट मानवीय क्षति नभएको तर भवनका नौवटा झ्याल र एउटा ढोकामा क्षति पुगेको बताइएको छ । घटना कसले र किन के कारणले घटाएको भन्नेबारे अझै खुलेको छैन ।
घटना अनुसन्धानका लागि राति नै डीएसपी रमेश बस्नेतको टोली त्यसतर्फ गएको प्रहरीले बताएको छ ।
गाउँपालिकामा बम