News प्रदेश ४

प्रदेश ४ को नीति तथा कार्यक्रममा हेलो मुख्यमन्त्री र कोरला-पोखरा सडक मुख्य

प्रदेश ४ को नीति तथा कार्यक्रममा हेलो मुख्यमन्त्री र कोरला-पोखरा सडक मुख्य

पोखरा । प्रदेश ४ सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबारको प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

 


प्रदेश सरकारले पहिलो वर्ष कानुन तर्जुमा तथा तथ्यांक वर्ष र आगामी वर्ष प्रादेशिक संरचना निर्माण वर्षका रूपमा मनाउने भएको छ । सरकारले मुख्यगरी पर्यटन ऊर्जा कृषि र उद्योगलाई प्राथमिकतामा दिएको छ ।

 

पहिलो मन्त्रिपरिषद्ले घोषणा गरेको आठबुँदे योजनालाई पनि जोड दिएको छ । सरकारले कोरला पोखरा र पोखरा कोरला सडक निर्माणलाई जोड दिएको छ भने मस्र्याङ्दी र कालीगण्डकी करिडोरलाई आर्थिक करिडोरका रूपमा विकास गर्ने बताएको छ ।

 

नीति तथा कार्यक्रममा ठूलो औद्योगिक क्षेत्र, प्रांगारिक मल कारखाना निर्माण, अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र, स्याटेलाइट सिटी निर्माण, सहिद स्मृति पार्क, विद्युतीय सवारी साधनलाई जोड दिइएको छ ।


यस्तै सरकारले प्रदेशसभा गठन भएको दिनलाई प्रदेश दिवसको रूपमा मनाइने भएको छ । प्रदेश आफैंले टीभी र रेडियो सञ्चालन गर्ने नीति पनि अघि सारेको छ ।

 


हेलो मुख्यमन्त्री कार्यक्रम थाल्ने, प्रादेशिक आयोजनाको पहिचान गर्ने देशविदेशका प्रदेशका नागरिकलाई लगानीका लागि आह्वान गर्ने, सहकारीलाई लगानीका लागि वातावरण बनाउने पनि उल्लेख छ ।

नीति तथा कार्यक्रम

विशेष