News अर्थ

संसद कर्मचारीको सवारी साधनमा मनपरी

संसद कर्मचारीको सवारी साधनमा मनपरी

काठमाडौं  । संसद्का कर्मचारीले सरकारी गाडी दुरुपयोग गरेका छन्। ऐनविपरीत संसद्का सचिव, उपसचिवदेखि कार्यालय सहयोगीले गाडीको सुविधा उपभोग गरेका हुन्। 

 

कसैले एकभन्दा बढी गाडी लिएर त कसैले आवश्यकताविना गाडी चढेर दुरुपयोग गरेका छन्। गाडीको इन्धनमा समेत अनियमितता भएको छ । ऐनअनुसार संसद्का पदाधिकारीले एक–एकवटा गाडी सुविधा पाउँछन्।

 

सभामुख, सचेतकदेखि सचिवसम्म संसद्का पदाधिकारी हुन्छन्। तर, संसद्का सचिवले दुईवटा सरकारी गाडी प्रयोग गर्दै आएका छन्। उपसचिवहरूले समेत गाडी सुविधा लिँदै आएका छन्।

 

संघीय संसद् सचिवालयका सचिव हिमलाल सुवेदीले दुई वटा सरकारी गाडी प्रयोग गर्दै आएका छन्। उनले प्रयोग गरेका गाडी एउटा नयाँ र अर्को पाँच वर्ष पुरानो छ।

 

सुवेदीले चालकको नाममा समेत रकम बुझ्दै आएका छन्, जब कि चालक भने राखेका छैनन्। स्रोतका अनुसार पुरानो गाडीको मर्मत खर्च बढी पाइने भएकाले उच्च ओहोदाका कर्मचारी पुरानो र नयाँ दुवै गाडी लिन्छन्। 

 

सचिवालयले पुरानो गाडीका लागि मर्मत खर्च बढी दिन्छ। सचिव सुवेदीले सवारीचालकको नाममा आउने पारिश्रमिक, मोबिल, मर्मत खर्च र इन्धनबापतको रकम आफैले बुझ्दै आएका छन्। याे खबर अाजकाे नयाँ पत्रिकामा छ ।
 

सरकारी गाडी मनपरी

विशेष