मुस्लिम देशको मुद्रामा यसकारण राखियो गणेश भगवानको फोटो !
काठमाडौं । प्रायः हामीले विश्वका अलगअलग देशका रोचक तथ्य सुन्दै र पढ्दै आएका छौं । तर केही कुरा यस्ता रोचक खालका हुन्छन् कि जुन पत्याउनै गाह्रो हुन्छ । अनि त्यो रोचक कुरा भावनासँग पनि जोडिएको हुन्छ ।
एउटा यस्तै एक देश हो इन्डोनेसिया । जहाँ विश्वकै सबैभन्दा धेरै आवादी भएको मुलुक मानिन्छ या चिनिन्छ ।
यहाँको मुद्रालाई नेपालसँग मिल्दोजुल्दो ‘रुपियाह’ भनिन्छ । त्यसबाहेक अझै रोचक कुरा त के छ भने मुस्लिम देश इन्डोनेसियाको मुद्रामा गणेश भगवान्को तस्बिर छापिएको छ । आखिर किन होला ? यसको कारण पनि रोचक छ ।
इन्डोनेसियामा करिब ८७ दशमलव ५ प्रतिशत जनसंख्याले इस्लाम धर्म मान्छन् । हिन्दुहरु केबल ३ प्रतिशत छन् । रुपियाह भनिने इन्डोनेसियाको २० हजारको नोटमा भगवान् गणेशको फोटो छ । त्यहाँका बासिन्दाले गणेशकै कारण देशको अर्थव्यवस्था मजबुत भएको विश्वास गर्ने भएकाले नोटमा गणेशको फोटो छापिएको बताइन्छ ।
भगवान् गणेशलाई इन्डोनेसियामा शिक्षा, कला र विज्ञानको देवता मानिन्छ । २० हजारको नोटको अघिल्तिर गणेशको र पछिल्लो भागमा कक्षा कोठाको तस्बिर छ, जसमा शिक्षक र विद्यार्थी देखिन्छन् ।
साथै नोटमा इन्डोनेसियाको पहिलो शिक्षामन्त्री हजर देवान्त्राको तस्बिर पनि छ । देवान्त्रालाई इन्डोनेसियाको स्वतन्त्रता सेनानी मानिन्छ ।
भनिन्छ केही वर्षअघि इन्डोनेसियामा आर्थिक मन्दी भएको थियो । त्यहाँका अर्थविज्ञहरुले निकै बहस र छलफलपछि २० हजारको एउटा नोट जारी गरे, जसमा गणेशको तस्बिर छापियो । त्यहाँका बासिन्दाहरुमा यो मान्यता छ कि त्यसपछि अर्थव्यवस्था मजबुत बन्यो ।
नोटमा गणेशको मात्रै होइन इन्डोनेसियन आर्र्मको मस्कटमा हनुमान पनि राखिएको छ । र, एक चर्चित पर्यटकीय गन्तव्यमा अर्जुन र श्रीकृष्णको मूर्ति पनि राखिएको छ ।
इन्डोनेसिया मुस्लिम देश