भारतीय प्रधानमन्त्री मोदी युरोप भ्रमणमा

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबारदेखि युरोप यात्रामा निस्कँदै छन् । मोदीले आफ्नो ६ दिने युरोप यात्रका क्रममा स्वीडेन र ब्रिटेनका उच्च पदस्थ अधिकारीहरुसँग द्वीपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल गर्ने बताइएको छ ।
युरोप यात्राका लागि निस्कनुअघि ट्वीट गर्दै प्रधानमन्त्री मोदीले भनेका छन्, आफ्नो यात्राका क्रममा व्यापार व्यवसाय र ऊर्जाका क्षेत्रमा दोहोरो सम्झौता हुनेमा आफू आशावादी छु’ । मोदीले स्वीडेनसँग मित्रवत सम्बन्ध रहेको भन्दै विकासको महत्वपूर्ण साझेदार रहेको बताएका छन् । एजेन्सी