News प्रदेश २

'संविधान संशोधन भए मधेसको विकासले गति लिने'

'संविधान संशोधन भए मधेसको विकासले गति लिने'

सप्तरी । प्रदेश २ का भूमि, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले संविधान संशोधन भएसँगै मधेसको विकासले गति लिने विश्वास व्यक्त गरेका छन् ।

 

राजविराज नगरपालिका २ मा रहेको मदरसा फैजाने मदिना अहमदपुरद्वारा आयोजित सम्मान कार्यक्रममा बोल्दै मन्त्री साहले भने मधेसलाई अधिकारसम्पन्न बनाउन संविधान संशोधन अपरिहार्य रहेकाले केही दिनमा संविधान संशोधन हुने बताएका छन्  ।

 

उनले भने, ‘मधेशमा कृषि, शिक्षा, स्वास्थ, सिँचाइ विकासमा अरू प्रदेशभन्दा पछाडि परेकोले प्रदेशको विकासका लागि सरकार प्रतिबद्ध रहेको छ ।’

 

संघीय समाजवादी फोरमका नेतासमेत रहेका मन्त्री साहले मधेसमा विकासको लहर ल्याउन केही दिनमै प्रदेशको कानुन निर्माण भई अधिकारसम्पन्न प्रदेश निर्माण गर्ने विश्वास व्यक्त गरे ।


 
मदरसा फैजाने मदिना अहमदपुरका अध्यक्ष लाल महमदको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा मन्त्री शैलेन्द्र साह, सांसद मनिष सुमन, नगर प्रमुख शम्भुप्रसाद यादवले भलुवाही बस्तीको अनुगमन गरेका थिए ।

संविधान संशोधन

विशेष