News अपराध सुरक्षा

पूर्णिमाको हत्या लिभिङ टुगेदरका प्रेमीबाट

पूर्णिमाको हत्या लिभिङ टुगेदरका प्रेमीबाट

काठमाडौं । टोखा ७ धापासी हाइट जाने बाटोमा मृत भेटिएकी महिलाको आफ्नै ‘प्रेमी’ले हत्या गरेको खुलेको छ । उनलाई प्रहरीले पक्राउ गरेको छ ।

 


आइतबार राति साढे ८ बजेतिर धापासी हाइटको करिडोर सडकमा महिला रगताम्मे अवस्थामा भएको खबर पाएपछि प्रहरी टोली पुगेको थियो । मतृक गोरखा घर बताउने करिव ३२, ३३ वर्षकी पूणिर्मा विक भएको खुलेको छ ।

 

उनी मिस्त्री काम गर्थिन् । श्रीमान्ले छाडेपछि पछिल्लो समय उनीसँगै काम गर्ने पर्सा ठोरी घर भई धापासी बस्ने विजय तामाङसँग नजिकिएकी थिइन् । मिस्त्री काम दुवै सात महिनादेखि धापासी हाइटमा सँगै बस्दै आएको खुलेको छ ।

 

तर, बेलाबेला कोठामा नजाने गरेका कारण पछिल्लो समय पूणिर्माप्रति शंका लागेको विजयले बयान दिएका छन् । आइतबार पनि कोठामा जान आग्रह गरेको तर, नमानेपछि आफूले ढुंगाले हानेको उनले प्रहरीसमक्ष स्वीकार गरे ।

 

पुणिर्मालाई ढुंगाले हानेर हिँडेका उनी कोठामा पुगेर खाना पकाएर खाएका थिए । सोमबार बिहान प्रहरीले पक्राउ गरेपछि मात्र उनले पुणिर्माको मृत्यु भएको थाहा पाएको बताएका छन् । उनको कोठामा रगत लागेको पाइन्ट भेटिएको छ ।

लिभिङ टुगेदर पूर्णिमाको हत्या

विशेष