News मुख्य समाचार प्रदेश ३

लोक सेवा पास गरेर आएका कर्मचारीले भ्रष्टाचार नगर्ने मन्त्री पण्डितको दाबी

लोक सेवा पास गरेर आएका कर्मचारीले भ्रष्टाचार नगर्ने मन्त्री पण्डितको दाबी

ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्र निर्माणमा समर्पित भएर लाग्न निजामति कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

 

मन्त्री पण्डितले निजामती सेवा राष्ट्र निर्माणका लागि सक्षम रहेको विश्वास पनि व्यक्त गरे । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच नेपाल सरकारका नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरुको ३२ औं आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमलाई समापन गर्दै उनले भनसुनको भरमा नचल्न पनि सचेत गराए ।

 

लोकसेवा पास गरेर आएका निजामती कर्मचारीहरुले भ्रष्टाचार नगर्ने मन्त्री पण्डितको भनाइ छ ।

 

मन्त्री पण्डितले गल्ती नगर्न पनि निजामति कर्मचारीहरुको गम्भीर ध्यानाकर्षण गराए । उनले देशको सेवा गर्ने कसम खाएर आएका निजामती सेवाका कर्मचारीहरुले भनसुनको भरमा चल्न नहुने पनि स्पष्ट पारे ।

 

कार्यक्रममा मन्त्री पण्डितले १५३ जना प्रशासन तालिम लिएका अधिकृतहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

लालबाबु पण्डित लोक सेवा आयोग

विशेष