केपी ओली मोदी क्याम्पमा फर्किसकेः गजुरेल

काठमाडौं । चार ओटा कम्युनिष्ट पार्टीका नेताहरुले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले राष्ट्रवादको वकालत गर्दै आएपनि उनी सच्चा राष्ट्रवादी नभएको छन् ।
‘भारतसँग असमान सन्धी सम्झौता र राष्ट्रियताको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा (विप्पल) र (नेकपा ऋषि कट्टल समूह) का नेताहरुले यस्तो बताएका हुन् ।
अन्तरक्रिया कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले ओली कुनै सन्धी सम्झौता गएका थिएनन् भने किन गएको थिए भन्ने प्रश्न गर्दै उनी भारत जानुको कारण आफूलाई भारत निकट नै भएको आवस्त पार्न भएको आरोप लगाए ।
‘ओली भारत जानुको कारण म पुनः मोदी क्याम्पमा फर्किसकेको छु भन्ने सन्देश दिन हो’, उनले भने, ‘ ओली अब नाकाबन्दीको ओली होइन ।’
उनले अरुण तेस्रो दिल्ली मै बसेर उद्घाटन गर्ने भनिएपनि अन्तिम समयमा किन भएन भन्ने रहस्यमय भएको भन्दै ‘यदि दिल्लीमा ओलीले सो आयोजनाको उद्घाटन गरेको भए उनको राष्ट्रबाद दिल्लीमा नै छताछुल्ल हुने थियो’, भने ।
उनले महाकाली सन्धी गर्न ओलीको भूमिका कस्तो थियो भन्ने नेपाली जनताले भुलिनसकेको पनि बताए ।
केपी ओली कम्युनिष्ट पार्टी सीपी गजुरेल