News अपराध सुरक्षा मुख्य समाचार

भारतीय दूतावासलाई लक्ष्य गरी बम विस्फोट, १२ घण्टा बित्न नपाउँदै पुन: बम फेला

भारतीय दूतावासलाई लक्ष्य गरी बम विस्फोट, १२ घण्टा बित्न नपाउँदै पुन: बम फेला

विराटनगर । भारतीय दूतावासको विराटनगरस्थित सम्पर्क कार्यालयलाई लक्षित गरी बम विष्फोट गराइएको छ । दूतावासको बाहिर हातामा बम विष्फोट भएको हो ।

 

जिल्ला प्रहरी कार्याल मोरङका प्रमुख एसपी अरुणकुमार बिसीले विराटनगर महानगरपालिका वडानम्बर १३ मा रहेको सम्पर्क कार्यालयलाई लक्षित गरी सोमवार साँझ साढे ८ बजे बम विष्फोट गराइएको जानकारी दिए । विस्फोटबाट भारतीय दूतावासको पर्खालमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ ।


प्रेसरकुकर बम बिस्फोट भएको प्रहरीले आशंका गरेको छ । बम विष्फोट कसले गराएको भन्ने विषयमा खुलेको छैन । तर, घटनामा विप्लव माओवादीको हात हुनसक्ने प्रहरीले आशंका गरेको छ । उनीहरुको बारेमा प्रहरीले वास्तविकता भने खुलाउन सकेको छैन । 


क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा माओवादीले विराटनगरवाट भारतीय दूतावासको सम्पर्क कार्यालय हटाउन माग गदै आएका छन् ।

 

भारतीय दूतावासको विराटनगरस्थित सम्पर्क कार्यालय २०६५ सालमा कोशी बाँध फुटेको बेला बाँध बनाउन भन्दै स्थापना गरिएको थियो । कोशी बाँध निर्माण भइसके पनि अझै कार्यालय हटेको छैन ।


विराटनगरमा रहेको भारतीय दूतावास सम्पर्क कार्यालयलाई लक्षित गर्दै बम विस्फोट भएको १२ घण्टा बित्न नपाउँदै  राजमार्गमा फेरि अर्को बम फेला परेको छ । 

 

सम्पर्क कार्यालय लक्षित बम विस्फोट भएको १२ घण्टा नबित्दै पूर्व पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको गछियामा मंगलबार बिहान बम फेला परेको हो ।

 

उक्त बम डिस्पोज गर्न नेपाली सेनाको टोली त्यहाँ पुगेको छ । नेपाली सेनाको थलाहा ब्यारेकबाट पुगेको टोलीले अहिले डिस्पोजको प्रयास जारी राखेको छ । राजमार्गको पुलमा बम राखिएपछि अहिले सो क्षेत्रमा सवारीसाधन आवागमन अवरुद्ध बनेको छ । 

 

यता सोमबार साँझ भारतीय दूतावास सम्पर्क कार्यालयमा भएको बम विस्फोटपछि आज बिहानैदेखि घटनास्थलमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ  । 

 

यसैबीच जिल्लाका सुरक्षा अधिकारीहरुसहितको टोलीले विस्फोट भएको स्थानको अवलोकन गरेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसहित सुरक्षा अधिकारीहरु घटनास्थल  पुगेका हुन् ।   

भारतीय दूतावास विराटनगरस्थित सम्पर्क कार्यालय

विशेष