अपराध महाशाखामा नेतृत्व परिवर्तन
![अपराध महाशाखामा नेतृत्व परिवर्तन](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/2018/04/dhiraj-prap-sing-2.jpg)
महानगरीय अपराध महाशाखाको नेतृत्व परिवर्तन भएको छ । गृह मन्त्रालयले संघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत एसएसपी धीरजप्रताप सिंहलाई अपराध महाशाखा प्रमुखको जिम्मेवारी दिएको हो ।
यसअघि अपराध महाशाखाको प्रमुखको जिम्मेवारी एसएसपी दिवेश लोहनीले सम्हाल्दै आएका थिए । ३३ किलो सुनकाण्ड प्रकरणमा लोहनी प्रहरी मुख्यालय तानिएपछि महाशाखा नेतृत्वविहीन थियाे ।
वैशाख २ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सिंहलाई अपराध महाशाखामा पठाइएको हो ।
अपराध महाशाखा धीरजप्रताप सिंह