News अपराध सुरक्षा प्रदेश ३

पैसाको बलमा छुटे बलात्कारी, सेटिङ मिलाउन प्रहरीकै हात

पैसाको बलमा छुटे बलात्कारी, सेटिङ मिलाउन प्रहरीकै हात

काठमाडौँ । कमलादीको होटल ल्याण्डमार्कमा भएको बलात्कार घटना गत वर्षको चर्चित अपराधमध्ये एक बन्न पुग्यो । घटनामा संलग्न ‘पैसावाल’ अभियुक्तलाई उन्मुक्ति दिलाएर प्रहरीले मिलापत्र गराएपछि घटनाले हंगामा मच्चायो ।

 

यो घटनाले प्रहरीले अनुसन्धानमा कसरी चलखेल गर्छ भन्ने पाटोसमेत बाहिर ल्यायो । सोही घटनापछि देशैभरि बलात्कार मुद्दाको प्रभावकारी अनुसन्धानका लागि विशेष अभियान नै चलाइएको छ ।

 


तर, अनुसन्धान प्रहरीको चलखेल रोकिएको छैन । ललितपुरमा पनि एक पैसावाल अभियुक्तले प्रहरीकै सहयोगमा बलात्कार मुद्दामा उन्मुक्ति पाएका छन् । आफ्नै स्कुलकी छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ताल्छिखेलस्थित ज्ञानकुञ्ज स्कुलका प्रिन्सिपल शिव कार्कीले प्रहरीकै सहयोगमा उन्मुक्ति पाएका हुन् ।

 

 

उनीबिरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दाको जाहेरी प्रहरीमा दर्ता भएको पीडितसँग मिलापत्र गराइएको छ । उनीविरुद्ध जबर्जस्ती करणी मुद्दा अदालतमा दायर भएकोमा एक सातामै उनी छुटे । प्रहरीले २४ दिनसम्म थुनामा राखेर कारबाही गर्न सक्छ ।

 

तर, महानगरीय प्रहरी वृत्त सातदोबाटोले एक सातामै अनुसन्धान पूरा गरेर मुद्दा बुझायो, ललितपुर जिल्ला अदालतले पनि १० हजार रुपैयाँमै उनलाई छाड्ने आदेश दियो । आफूहरुले अनुसन्धान पूरा गरेर अदालतमा मुद्दा बुझाएको भन्ने देखाएर कानुनी रुपमा आफू बलियो हुने गरी ललितपुरका प्रहरीले केस सेटल गरेका हुन् ।

 


गत चैत २ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो । १० गते नै कार्की छुटेका हुन् । प्रहरी, सरकारी वकिल तथा अदालतमा सेटिङ मिलाएर उनी छुटेको स्रोत बताउँछ ।

 

 

९ कक्षामा अध्यनरत छात्रालाई उनले छतमा गएर यौन दुव्र्यवहार गरेका थिए । संवेदनशील अंगहरु छोएको भन्दै छात्राले तत्कालै परिवारलाई खबर गरेकी थिइन् । लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

 


ललितपुर प्याब्सनका अध्यक्षसमेत रहेका कार्कीले पैसाको बलमा यो केस मिलाएको स्रोत बताउँछ । पीडित किशोरीलाई समेत आर्थिक प्रभावमा पारेर जाहेरी फिर्ता लिन लगाएका थिए । बलात्कार मुद्दामा जाहेरी फिर्ता लिन मिल्दैन । तर, सबैतिर सेटिङ मिलाएर कार्की एक सातामै छुटेका छन् ।

बालिका बलात्कारी

विशेष