व्यापार

नाडा अटोमोबाइल्स एसोसिएसनका पदाधिकारीको शपथ र पदस्थापन

नाडा अटोमोबाइल्स एसोसिएसनका पदाधिकारीको शपथ र पदस्थापन

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको शपथ ग्रहण तथा पदस्थापन भएको छ । संशोधित विधान २०७१ को दफा २०.७ बमोजिम  सोमबार पदाधिकारीहरुको निर्वाचन कार्य सम्पन्न भएको थियो ।


निर्वाचनबाट अध्यक्षमा शम्भुप्रसाद दाहाल, संस्थागत उपाध्यक्षमा धु्रवबहादुर थापा र नारायणप्रसाद कँडेल, साधारण उपाध्यक्षमा कृष्णप्रसाद दुलाल र प्रकाश कपुरी, महासचिवमा सुनिल रिजाल, सचिवमा अनुप बराल, कोषाध्यक्षमा सुरेन्द्रकुमार उप्रेति र सहकोषाध्यक्षमा विक्रम सिंहानिया निर्वाचित भएका छन् । 

निर्वाचन शम्भुप्रसाद दाहाल नाडा अटोमोबाइल्स

विशेष