News प्रदेश ३

अनेरास्ववियुका सबै तहका हरेक सदस्यले एक जना विद्यार्थी भर्ना गराउनुपर्ने

अनेरास्ववियुका सबै तहका हरेक सदस्यले एक जना विद्यार्थी भर्ना गराउनुपर्ने

काठमाडौं । एमाले भ्रातृ संगठन अनेरास्ववियुले सामुदायिक विद्यालयमा एक विद्यार्थी भर्ना गराउने अभियान सञ्चालन गर्ने भएको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको अभियानलाई सहयोग पुर्‍याउन यही बैसाख ५ देखि १५ गतेसम्म भर्ना अभियान सञ्चालन गर्न थालिएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए।

 

अभियान सञ्चालन गर्नका लागि अनेरास्ववियुका उपाध्यक्ष सुनिता बरालको संयोजकत्वमा ८ सदस्यीय एक समिति गठन गरिएको छ। 

 

सरकारले सरकारले ‘सबैको इच्छा, अनिवार्य आधारभूत निःशुल्क शिक्षा’ मूल नाराका साथ बैसाख १ गतेदेखि सामुदायिक विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय पुर्‍याउनका लागि भर्ना अभियान सञ्चालन गरेको हो। 

 

अभियानअन्तर्गत अनेरास्ववियुका केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, विश्वविद्यालय कमिटीका प्रत्येक सदस्यले एक जना विद्यार्थी अनिवार्य भर्ना गराउनुपर्ने महासचिव महरले बताए।

 

यस्तै देशभरिका उच्च माध्यमिक, माध्यमिक र स्थानीय कमिटीले पनि एकएक विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना गराउने भएका छन्। 

 

अझै पनि प्राथमिक तहमा २.८ प्रतिशत र आधारभूत तहमा ७.७ प्रतिशत विद्यार्थी विद्यालयबाहिर छन्।

अनेरास्ववियु भर्ना अभियान

विशेष