राजनीति भिडियो कभर स्टोरी अन्तरवार्ता

पम्फा भुसालले रिसाउँदै भनिन्, ‘मिडियाले उछालेर हुन्छ ? एकता चाहिएको हामीलाई हो’ (भिडियो)

त्यहाँनेर कुरा नमिले पार्टी एकता हुँदैन

पम्फा भुसालले रिसाउँदै भनिन्, ‘मिडियाले उछालेर हुन्छ ? एकता चाहिएको हामीलाई हो’ (भिडियो)

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता प्रक्रिया लम्बिएको छ । पछिल्लो मंगलबार केपी ओली र पुष्पकमल दाहालबीच भेटवार्ता पनि सहमतिमा टुंगिएन ।

 

यद्यपि नेताहरु एकता प्रक्रिया टुंगोमा पुगिसकेको र यसलाई ‘फाइनल टच’दिन मात्रै बाँकी रहेको बताउँदैआएका छन् । पदीय भागबण्डामै कुरो नमिलेपछि एकता प्रक्रिया पनि लम्बिएको बुझिएको छ । बैशाख ९ गते नै एकता घोषणा गर्ने भनिए पनि अर्को मिति तय नगरीकनै नेताहरुबीच सहमति हुन नसक्दा एकता अन्योलमा पुगेको हो ।

 

यही विषयमा कुरा गर्न हामी माओवादी केन्द्रको कार्यालय पेरिसडाँडास्थित प्रवक्ता पम्फा भुसालसँग कुरा गर्न पुग्यौँ । उनले एकतामा कुनै समस्या नरहेको बताइन् ।


मिडियालाई उनले ‘हाइपोथेटिकल’कुरा गर्दै एकताविरुद्ध प्रचारवाजी नगर्न आग्रह गर्दै एकता चाँडै हुनेमा विश्वास व्यक्त गरिन् । ‘तपाईँहरुले उछालेर हुन्छ र ?,’ उनले भनिन्, ‘एकता चाहिएको हामीलाई हो । हामी गर्छौँ । यसबारे हाइपोथेटिकल कुरा गरेर हुँदैन ।’

 

एकता विरोधी केही आशंका गर्नु नाजायज भन्दै उनले दुई पार्टीबीच एकता आवस्य हुने भन्दै जिकिर गरिन् । एकता संयोजन समितिका सुझाव आइसकेको अवस्थामा एकताको जिम्मा अब दुबै अध्यक्षलाई दिएको उनको भनाइ थियो ।

 

उनका अनुसार एकताको सबै जिम्मा दुई अध्यक्षले लिएका छन् । र अब दुई अध्यक्षका बैठक अनुसार नै एकता टुंगोमा पुग्ने भुसालले बताइन् ।

माओवादी केन्द्र एकता पम्फा भुसाल

विशेष