News

अघिल्लो पटक ‘सेलिब्रेटी मन्त्री’ अहिले विश्वेन्द्र पासवान बराबर हुने डर 

अघिल्लो पटक ‘सेलिब्रेटी मन्त्री’ अहिले विश्वेन्द्र पासवान बराबर हुने डर 

काठमाडौं । पहिलोचोटि ऊर्जामन्त्री हुँदा ‘ सेलिब्रेटी’का रुपमा मन्त्रालयबाट बाहिरिएका गोकर्ण बिष्ट यसचोटि विश्वेन्द्र पासवानजत्तिको नभइदिए हुन्थ्यो भनेर एमालेहरु नै कामना गर्न थालिसकेका छन् । 

 

मामिला छ, बायोमेट्रिकको । यो भनेको गरिब नेपाली कामदारले विदेश जानका लागि प्रतिव्यक्ति १८ हजार चार सय ८० रुपैयाँ तिर्नुपर्ने कुरा हो । एमालेसम्बद्ध म्यानपावर र स्वास्थय व्यवासयीले यस्तो अनावश्यक प्रावधान हटाउनै पर्ने माग गरेका छन् ।

 

 तर, गोकर्णसँग आफ्नै कार्यकर्ताको कुरा सुन्ने समय मिलेको छैन । बायोमेट्रिक भनेको विदेशले अत्यावश्यक नभनेको स्वास्थ्य परीक्षण विधि हो । यहाँ यो परीक्षणमा सफल भएर गएका कामदार विदेश पुगेर पुनः स्वस्थ्य परीक्षण गरिँदा सफल हुन्छन भन्ने कुराको कुनै ग्यारेन्टी पनि छैन । 

 

तर, नेपालका ३९ वटा स्वास्थ्य संस्थाले मात्र गरिब लुट्ने गरी अनुमति पाएका छन्, बायोमेट्रिकका नाममा । एमाले माओवादीकै कतिपय कार्यकर्ताले वैदेशिक रोजगारीमा जाने सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने संस्था खोलेका छ न् । 

तर उनीहरु पनि ३९ वटाको सिन्डिकेटभित्र छैनन् । एमालेहरु छैनन भनेर होइन, गरिब जनताको १८४८० रुपैयाँ फजुल खर्च नगराऔ भनेर  वामपन्थीहरुले यसलाई प्रतिष्ठाको विषय बनाएका हुन् । तर, बायोमेट्रि पक्षधरका मूली कैलाश खड्काहरुले श्रम सचिवमार्फत मन्त्रीसँग लाइन मिलाइसकेका बताउने गरेका  छन् । 

जनआस्था साप्ताहिकबाट । 
 

विशेष