१० खेलाडीमा सीमित बार्सिलोनाको रेकर्ड संख्या बढ्दै
स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ। स्टार खेलाडी लिओनल मेसी र लुइस सुआरेजलाई बेन्चमा राखेर मैदान उत्रिएको बार्सिलोनालाई सेल्टा भिगोले २-२ गोलको बराबरीमा रोकेको हो।
खेलको ३६ मिनेटमा ओस्मान डेम्बेलेले गोल गरेर बार्सिलोनालाई अग्रता दिलाएका थिए। ४५ मिनेटमा सेल्टा भिगोका क्रास्टो ओटोले बराबरी गोल फर्काए। ६४ मिनेटमा पाको अल्कासरले गोल गरेर बार्सिलोनालाई दोस्रो पटक अग्रता दिलाए।
तर ७१ मिनेटमा बार्सिलोना १० खेलाडीमा सीमित बन्यो। बार्सिलोनाका सेर्जी रोबर्टोलाई रेफ्रीले रातो कार्ड देखाउँदै मैदानबाहिर पाएका थिए। ८२ मिनेटमा सेल्टा भिगोका लागो अस्पासले गोल गरेपछि खेल २-२ को बराबरीमा आयो।
खेलमा बार्सिलोनाका पाउलिन्होको प्रहार पोलमा लागेको थियो। शनिबार कोपा डेलरेको फाइनलमा भिड्नुअघि प्रशिक्षकले मेसी र सुआरेजलाई बेन्चमा राखेका हुन्। मेसी ६० मिनेटमा मैदान छिर्दा सुआरेज बेन्चमै रहे।
बराबरीसँगै बार्सिलोनाले ला लिगामा अपराजित खेल संख्या ४० पुर्याएको छ। अघिल्लो साता बार्सिलोनाले ३९ खेलसम्म अपराजित रहदै रेकर्ड बनाएको थियो।
ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले ३३ खेलबाट ८३ अंक जोडेको छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ३२ खेलबाट ७१ र तेस्रो स्थानको रियल म्याड्रिडको ६७ अंक छ।
बार्सिलोनाको रेकर्ड