News

स्वैच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक कार्यालय दिइने

स्वैच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक कार्यालय दिइने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने बताएका छन्।

 

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले ३ तहमा कर्मचारी खटाउनुपर्ने भएकाले सरकारले स्वेच्छिक अवकाश हाललाई स्थगित गरेको बताए।

 

मन्त्री पण्डितले कर्मचारी स्वेच्छिक अवकाश स्थगित गरि सकेकाले अब सबै कर्मचारीले खटाएको कार्यालयमा गई जनताको सेवा गर्नुपर्नेमा जोड दिए।

 

उनले दक्ष र अनुभवी कर्मचारीको सहयोगबाट नै मुलुकको आर्थिक समृद्धिको अभियानमा सफल हुने बताए।

 

मन्त्री पण्डितले स्थानीय निकायमा कर्मचारीको कमीका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको बताउँदै दक्ष र अनुभवी कर्मचारीलाई स्वेच्छिक अवकाश दिने पक्षमा सरकार नभएको स्पष्ट पारे। 

स्वेच्छिक अवकाश

विशेष