News राजनीति प्रदेश ६

ढुंगालार्इ तराईमा बेचेर प्रदेश समृद्व बनाउनेछाैंः मुख्यमन्त्री शाही

ढुंगालार्इ तराईमा बेचेर प्रदेश समृद्व बनाउनेछाैंः मुख्यमन्त्री शाही

 कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको रोग, भोक र गरिबीको हटाउन प्रदेश सरकार जस्ताेसुकै कष्टकर स्थिति झेल्न  प्रतिबद्ध रहेको बताएका छन् ।

 

विकट कर्णाली प्रदेशलार्इ प्रदेशभित्रकै स्राेत साधन परिचालन गरेर विकास गर्न सकिने मुख्यमन्त्री शाहीले बताए । अब उप्रान्त कर्णाली प्रदेश प्रदेश अभाव र अपुगताको प्रदेश नभइ प्रकृतिको खानी भन्ने बनाउने उनले बताए ।

 

कर्णाली प्रदेश प्रदेशसँग भन्सार र तराईको जस्तो समथल भूमि नभएपनि कर्णाली सरकारले पहाडका ढुंगा तराई लिएर बेच्ने प्रदेश बनाउने मुख्यमन्त्री शाहीले बताए ।

 

गृह जिल्ला कालीकोटको पचाल झरना महोत्सवको समापन गर्न आएका मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका ढुंगालाई समेत समृद्धिका आधार बनाएको बताएका हुन् ।

 

कर्णाली प्रदेशको जाजरकोट लगायतका जिल्लामा रहेका रत्न पत्थर र अन्य बहुमूल्य ढुंगाका खानी उत्खनन् गरेर प्रदेशको आम्दानी बढाउने भन्दै उनले यस्तो बताएका हन् ।

 

मुख्यमन्त्री शाहीले जनताको सत्रुका रुपमा कर्णाली प्रदेशको अभाव रहेको भन्दै त्यसलाई हटाएर समृद्धि ल्याउन आफूहरु लागि परेको बताए ।

महेन्द्रबहादुर शाही कर्णाली प्रदेश

विशेष