विदेश

“कोरिया प्रायद्वीपमा नाटकीय परिवर्तन”

“कोरिया प्रायद्वीपमा नाटकीय परिवर्तन”

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले कोरिया प्रायद्वीपमा नाटकीय परिवर्तन भएको बताएका छन् । 

 

उनले उत्तर कोरिया र दक्षिण कोरियाकाबीचमा अहिले भइरहेको सुधार कल्पना गरे भन्दा बढी भएको दावी पनि गरे । 

 

दुई देशको शिखर सम्मेलनपछिको परिणामले नाटकीय सुधारलाई पुष्टी गर्ने उनले बताउनुभएको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ । 

 

संयुक्त शिखर सम्मेलनमार्फत सकैखाले द्वन्द्वको अन्त्य गरी दिर्घकालिन शान्तिको मार्गका दुई मुलुक अगाडि बढ्ने मुनको विश्वास छ । 

 

दक्षिण कोरियाका राष्ट्रपति मुन र उत्तर कोरियाका नेता किम जोङ उन सहितको दुई देशको शिखर सम्मेलन यही अप्रिल २७ तारिखमा हुन लागेको छ । 

 

उनीहरुबीचको पहिलो भेटबार्ता दुवै कोरियाको सिमानामा रहेको पान्मुन्जोममा गर्ने यसअघि नै तय भइसकेको छ र त्यहीअनुसार तयारी तिव्र पारिएको छ । (रासस/सिन्ह्वा)

उत्तर कोरिया दक्षिण कोरिया

विशेष