News स्वास्थ्य

खाली पेटमा केही दिन ल्वाङको पानी खाँदाका यस्ता छन् फाइदा

खाली पेटमा केही दिन ल्वाङको पानी खाँदाका यस्ता छन् फाइदा

ल्वाङलाई मसलाका साथै माउथ फ्रेशनर औषधीको रुपमा प्रयोग गरिन्छ । ल्वाङको माथिल्लो भाग जसलाई फूल भनिन्छ, त्यसको बहुउपयोगितालाई ध्यानमा राखेर सुकाएर राख्ने चलन छ । 

 

आयुर्वेदले यसलाई घाँटी, फोक्सो, दाँत र यौन सम्बन्धि समस्याका लागि प्रयोगमा ल्याउन सकिने बताएको छ ।

 

भारतका आयुर्वेदिक विज्ञ अबरात मुल्तानीले बान्ता हुने, पेटको समस्या, तनाव, पार्किन्सन, जिउ दुख्नेलगायतका समस्यामा लाभदायक हुने बताएका छन् । 

 

आजको समयमा चिन्ता, तनाव र थकानका कारण युवाहरुको यौन जीवन प्रभावित भइरहेको छ जसका कारण थुप्रै प्रकारको समस्या आइरहेको छ । यी समस्याबाट युवालाई ल्वाङको पानीले बचाउन बचाउन सकिन्छ ।


ल्वाङको पानी कसरी बनाउने ?

 

यसलाई बनाउन निकै सजिलो छ । पाँचवटा ल्वाङलाई एक गिलास तातो पानीमा राती सुत्नु अघि भिजाउनुहोस्, यसको सेवनपूर्व ल्वाङलाई राम्रोसँग निचोरेर छान्नुहोस् ।

 


 

कहिले पिउने ?

 

बिहान उठे यो पानीलाई निकै आरामसँग बिस्तारै पिउनुहोस् ।

 

यसको कुनै साइड इफेक्ट हुँदैन त्यसैले यसको सेवन तपाईंले सधैं गर्न सक्नुहुन्छ ।


 

ल्वाङको पानी खानुका फाइदाः

 

तनावलाई टाढा राख्छ जसका कारण डिप्रेशन र निन्द्राको समस्यामा लाभदायक हुन्छ ।

 

यसले नशालाई शान्त बनाउँछ त्यसकारण पार्किन्सन्स वा कम्पनको रोगमा निकै फाइदाजनक हुन्छ ।

 

पाचन क्रियालाई ठिक गर्छ त्यसकारण बान्ता हुने, मर्निङ सिकनेस र मोशन सिकनेसमा फाइदाजनक छ ।

 

शिघ्रपतनको समस्यालाई यसले ठिक गर्छ ।

 

घाँटीको समस्याको यो अचूक औषधी हो ।

 

दाँतमा हुने सिरिङ्ग र पीडालाई यसले ठिक गर्छ । यसले मुखको दुर्गन्धबाट पनि राहत दिलाउँछ ।

औषधी ल्वाङ

विशेष