News देश

देशभर कक्षा ८ का विद्यार्थी कमजोर देखिएपछि शिक्षा मन्त्रालयले थाल्याे यस्तो तयारी

देशभर कक्षा ८ का विद्यार्थी कमजोर देखिएपछि शिक्षा मन्त्रालयले थाल्याे यस्तो तयारी

काठमाडौं । सिकाई उपलब्धिमा कक्षा आठका विद्यार्थी कमजोर देखिएपछि शिक्षा मन्त्रालयले बृहत अनुसन्धान गर्नुपर्ने बताएको छ । शिक्षा मन्त्रालयमा  शैक्षिक गुणस्तर परीक्षण केन्द्रले  सार्वजनिक गरेको परीक्षण प्रतिवेदन हेरेपछि शिक्षा सचिव खगराज बरालले लगानी अनुसारको सुधार नदेखिएको भन्दै अनुसन्धान गर्नुपर्ने बताएका हुन् । 


केन्द्रले २६ जिल्लाका ४६ हजार २ सय ६६ विद्यार्थीमा गरेको सिकाई उपलब्धि परीक्षणमा सामुदायिक तर्फका विद्यार्थी कमजोर देखिएका छन् । विद्यार्थीहरुको सिकाई उपलब्धि लाई तहगत स्तरीकरण गर्दा छैटौ तह अब्बल मान्दा तह १ देखि ५  सम्म धेरै विद्यार्थी झन्डै ८५ प्रतिशत विद्यार्थी औसत र कमजोर पाइएको छ । 


केन्द्रको अध्ययन प्रतिवेदन हेरेपछि सचिव बरालले सुधारका लागि सरकार लगानी गर्दै जाने तर उपलब्धि हुन नसक्ने अबस्थाले सरकारलाई गम्भीर बनाएको भन्दै सिकाईको अवस्था घटेको बिषयमा मन्त्रालयले अनुसन्धान गर्ने बताए । 


बिहिबार  शैक्षिक गुणस्तर परीक्षण केन्द्रले  सार्वजनिक गरेको परीक्षण प्रतिवेदनमा सामुदायिक विद्यालयको अवस्था कमजोर रहेको पुष्टि गरेको छ । केन्द्रले २०११  देखि  विभिन्न कक्षाका विद्यार्थीहरुको सिकाई उपलब्धि परिक्षण गर्दै आएको छ । सरकारले केन्द्र मार्फत २०१६ देखि २०२२ सम्म कक्षा ५,८ र १० का विद्यार्थीहरुको सिकाई उपलब्धि परिक्षण २र२ पटक गर्ने योजना छ । 

शिक्षा मन्त्रालय कक्षा ८ अनुसन्धान

विशेष