व्यापार

रेल बनाउने चिनिया कम्पनीका कार्यकारी निर्देशकले भेटे प्रधानसेनापति

रेल बनाउने चिनिया कम्पनीका कार्यकारी निर्देशकले भेटे प्रधानसेनापति

चीनको एउटा अन्तर्राष्ट्रिय निर्माण कम्पनीका वरिष्ठ अधिकारीहरुले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग विहीबार भेटघाट गरेका छन्।

 

चाइनिज रेलवे ब्युरो ग्रुपका कार्यकारी अधिकृत सोङ रोङ जुन को नेतृत्वमा जंगी अड्डा पुगेको ३ सदस्यीय टोलीले प्रधानसेनापति क्षत्रीसँग भेटघाट गरेको हो।

 

कार्यकारी अधिकृतकै नेतृत्वाम प्रधानसेनापतिसँग औपचारिक भेटघाट गरेको सो कम्पनी बाटो, पुल पुलेसा, रेल्वे लगायत ठूला निर्माणमा संलग्न छ।

 

सैनिक सहप्रवक्ता महासेनानी विजय थापाले भेटघाट औपचारिक तथा शिष्टाचारमात्र भएको दाबी गरे।

 

उनले चिनियाँ कम्पनीका अधिकारीसँग समसामयिक बिषयमा भेटघाट भएको बताए।

 

प्रधनमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र उनको महत्वकांक्षी रेल योजनाबीचमा भएको यस उच्चस्तरीय भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रधानसेनापति राजेन्द्र क्षेत्री चाइनिज रेलवे ब्युरो ग्रुप

विशेष